ताजा खबर

कल्याण शेरचनको आठौ स्मृति दिवसमा शिक्षाविद गणेशबहादुर गुरुङ अभिनन्दित

   २४ माघ २०७५, बिहीबार २१:५७      1,407 views


लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको आठौ स्मृति दिवस विहीवार पोखरामा सम्पन्न भएको छ। सबैको प्रिय शेरचनलाई स्मरणका साथै स्रष्टा सम्मान, अभिनन्दन, पुरस्कार वितरण लगायतका कार्यक्रम गरी स्मृति दिवस सम्पन्न भएको हो।

पोखरा १० उत्तमचोकस्थित रोयल दिदिबहिनी किचनमा आयोजना गरिएको स्मृति दिवसमा करिब ३३ वर्ष क्याम्पसमा प्राध्यापन गर्नुभएका शिक्षाविद,पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ अभिनन्दित र ५२ वर्ष शिक्षण सेवा पुर्याउनुभएका शिक्षासेवी रुपबहादुर गुरुङ सम्मानित हुनु भएको छ।


कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोनले दीप प्रज्वलनका साथै स्वर्गीय शेरचनको तस्बिरमा माल्र्यापण गर्दै शुरु भएको कार्यक्रममा अभिनन्दित गुरुङलाई प्रमुख अतिथि जोन, कल्याण शेरचन स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक सर्मिला शेरचन, प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोले ताम्रपत्र, दोसल्ला, माला, खादा लगायतले अभिनन्दन गर्नुभएको हो। शिक्षा र सामाजिक सेवा विशेष योगदान पुर्याएको भन्दै प्रतिष्ठानले पुर्व क्याम्पस प्रमुख गुरुङलाई स्रष्टा अभिनन्दन गरेको हो।


पर्वत जिल्ला, साविक ठानामौला गाविस र हाल फलेवास नगरपालिका वडा नं.८ ठानामौलामा १९९५ सालमा जन्मभई २०२६ सालमा प्राध्यापक शुरु गर्दै २०३३ सालदेखि ०३६ सालसम्म दाङस्थित महेन्द्र मोरङ क्याम्पस प्रमुख, २०४० देखि २०४७ सम्म देशकै सबै भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पसको प्रमुख हुदै २०५९ सालमा प्राध्यापनबाट निवृत्त हुनुभएको स्रष्टा परिचयका क्रममा प्रतिष्ठानका प्रथम उपाध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो। प्रबल गोर्खा दक्षिणबाहु पदकबाट समेत विभुषित गुरुङ तमु धिं नेपालका सल्लाहकार प्रमुख, तत्कालिन तमु छोंज धिंको संस्थापक अध्यक्ष हुदै राजसभा स्थायी समितिको सदस्य समेत रहेर सेवा पुर्याउनु भएको जानकारी गराइएको थियो।


यसरी नै विगत ५२ वर्षदेखि शिक्षण सेवामा रहनुभएका रुपबहादुर गुरुङलाई प्रमुख अतिथि जोर्ज जोन, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मिला शेरचन, प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मो, पुरस्कार रकम प्रायोजक तमु परिवार अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङले २५ हजार १ रुपैयाको थैलीसहित, सम्मानपत्र, दोसल्ला, माला लगायतले सम्मान गरिएको थियो।


सम्मानित व्यक्तित्वको बारेमा बोल्नुहुदै प्रतिष्ठानका प्रथम उपाध्यक्ष ज्ञानबहादुर थापाले शिक्षा, खेलकुद, सँस्कृतिमा विशेष योगदान पुर्याउनुभएको रुपबहादुर गुरुङलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्नुभयो। उहाँले ३२ वर्ष सामुदायिक विद्यालयमा शिक्षण र २० वर्षदेखि सुर्योदय बोर्डिङ स्थापना गरी संस्थापक प्रिन्सिपल भई शिक्षासेवाप्रदान गरिरहनुभएको जानकारी गराइएको थियो। तनहु जिल्लाको शुक्ला गण्डकी नगरपालिका जसपुर गाउ भई पोखरा दीप निवासी गुरुङ २०४१ सालमा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत लगायत जिल्ला शिक्षा कार्यालय कास्कीबाट पटक पटक पुरस्कृत बन्नु भएको स्वर्गीय कल्याण शेरचनको सहकार्य गरेका सारथी भएको बताउनुभयो।


अभिनन्दित गणेशबहादुर गुरुङले अभिनन्दनले जीवन सार्थक भएको महसुस भईरहेको बताउनुभयो। जीवनमा गरेका कर्मकै कारण कल्याण शेरचन स्मृति प्रतिष्ठान जस्तो गरिमामय संस्थाबाट अभिनन्दनको फल प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले कल्याण शेरचनसँगको भेट, कल्याण शेरचनको योगदानको चर्चा गर्नुहुदै बहुमुखी प्रतिभाशाली स्रष्टा अल्पायुमै गुमाउदा मुलुकलाई धेरै नोक्सान पुगेको बताउनुभयो। सम्माननित रुपबहादुर गुरुङको बधाई दिनुहुदै प्रमुख अतिथि आफ्ना गुरुङ जोर्ज जोनबाट अभिनन्दन हुन पाउदा अनुग्रहित बनेको बताउनुभएको थियो।


अर्का सम्मानित रुपबहादुर गुरुङले आफ्ना मित्र कल्याण शेरचनकै कारण सम्मानित हुन पाउदा खुशी व्यक्त गर्नुहुदै ५२ वर्षको शिक्षण सेवाको फलको अनुभूति गरिरहेको बताउनुभयो। कल्याण शेरचनसँगको सहकार्य आँखा अगाडि आइरहने बताउनुहुदै उहाँले मास पिटीका लागि कल्याण शेरचन प्रणेता नै भएको उहाँको भनाई थियो।बहुप्रतिभावान मित्र कल्याण शेरचनको स्मृतिमा स्थापित प्रतिष्ठानबाट अभिनन्दित आदर्श व्यक्तित्व गणेशबहादुर गुरुङसँगै आदर्श गुरु जोर्ज जोनबाट सम्मानित हुन पाएको हर्ष प्रकट गर्नुभएको थियो।


प्रमुख अतिथि जोर्ज जोनले कल्याण शेरचन बहुप्रतिभावान भएकै कारण सबैको मन मनमा बस्न सकेको बताउनुभयो। भौतिक रुपमा शेरचन हामीसँग नभएपनि लोक सँस्कृति, खेलकुद र शिक्षामा दिनु भएको योगदान अमर रहने उहाँको भनाई थियो।

अभिनन्दित व्यक्तित्व गणेशबहादुर गुरुङलाई स्मरण गर्ने आफुसँग हजारौं पलहरुको भएको बताउनुहुदै २०१९ सालमा गणेशबहादुर गुरुङसहित ६ जना विद्यार्थीसँगको दैनिकी, गणेश गुरुङले नै आफ्नो श्रीमती गर्भावस्थामा खाट किनेर ल्याइदिएको र त्यही खाटमा २०५२ सालमा पृथ्वीनारायण क्याम्पसबाट नबाहिरिएसम्म सुतेको स्मरण गराउनुभयो। हरेकको समस्या समाधान गर्दै संस्थालाई अगाडि बढाउन तल्लिन हुने उदाहरणीय व्यक्तित्व गणेश गुरुङलाई आफुले अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। यसरी नै सम्मानित रुपबहादुर गुरुङ आफ्नो आदर्श विद्यार्थी, विद्यार्थीहरुको आदर्श शिक्षक र समाज भद्र व्यक्तित्वलाई सम्मानको अवसरका लागि प्रतिष्ठानलाई धन्यवाद दिनुभयो।


प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोले सहयोग सबैलाई धन्यवाद दिनुहुदै प्रतिष्ठानले लोक संगीतको संग्रहालय बनाउने लक्ष्य रहेको बताउनुभयो। प्रतिष्ठानका द्धितिय उपाध्यक्ष स्वागत, प्रथम उपाध्यक्षले स्रष्टाको परिचय, सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा भोजनको प्रायोजन प्रतिष्ठानका सल्लाहकार वरिष्ठ सँस्कृतिकर्मी बुद्धिमान धम्पुले गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284