
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आठौं साधारणसभा सम्पन्न
हुम तमु
“लोक सँस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं” नाराका साथ क्रियाशील कल्याण शेरचन स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पोखरा १० उत्तमचोकस्थित रोयल दिदिवहिनी किचनमा आयोजित साधारणसभाको प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार बिश्वमोहन गौचनले उद्घाटन गर्नुभएको थियो। शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि गौचनले कल्याण शेरचन स्मृति प्रतिष्ठानको उत्कृष्ठ गतिविधीहरु, टिम स्पीरिटले नै संस्थाको प्रगति भइरहेको बताउनुभयो।
राज्यले गर्न नसकेको कार्यक्रमहरु गर्दै सँस्कृति संरक्षण र विकासमा प्रतिष्ठान जुटिरहेको उहाँको भनाई थियो। प्रतिष्ठानको प्रगतिले लोक स्रष्टा, शिल्पी, साधक कल्याण शेरचनलाई अपरत्व प्रदान गरिरहेको भन्नुहुदै प्रतिष्ठान स्थापना नै गौचन जिवन्त रहनु भन्दै संस्थामा क्रियाशिल र नेतृत्व सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा कल्याण शेरचनका दाजु नरबहादुर शेरचनले प्रतिष्ठानको स्थापना र क्रियाशीलताले कल्याण शेरचन र उनको कृतिले अमरत्व प्राप्त गरेको बताउनुभयो। प्रतिष्ठानकै कारण कल्याणका बारेमा अन्तराष्ट्रिय सहयोग समेत आउने क्रम निरन्तर रहेको बताउनुभयो।
विदेश विभाग सल्लाहकार महेस गुरुङले शुभकामना व्यक्त गर्नुहुदै स्वर्गीय शेरचनसँगै विद्यालयमा पठनपाठन गर्ने सहपाठीहरुको पहल जरुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, गौचनको स्मृतिमा सहपाठीहरु नेपाल आगमनका साथै भेटघाट गरी गौचनका लागि प्रतिष्ठानलाई साथ सहयोग गर्नुभयो।

कार्यक्रममा कानुनी सल्लाहकार नारायण प्रसाद शर्माले शुभकामना दिनुहुदै समय अभियानलाई संस्थाले पहल गर्नुपर्नेमा जोड दिनुहुदै सल्लाहकारहरु बैठक बसी योजना समेत बनाउने बताउनुभयो।
आजीवन सदस्यहरुको तर्फबाट नेपाल भलिवल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कल्याण शेरचनले सधै असल सल्लाह प्रदान गर्दै आएको उहाँले बताउनुभयो।
साधारणसभामा प्रतिष्ठानका सचिव जीवन दाहालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदिप गौचनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष क्या पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सचिव जीवन दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00