ताजा खबर

कल्याण शेरचन स्मृति प्रतिष्ठानमा पुनःक्याप्टेन ह्योल्मो

   ७ पुष २०७५, शनिबार ०६:५३      2,509 views


कल्याण शेरचन स्मृति प्रतिष्ठानको शुक्रवार पोखरामा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले पुनःक्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिकोको प्रथम उपाध्यक्षमा ज्ञानबहादुर थापा, द्धितिय उपाध्यक्षमा श्रीजंग गुरुङ, सचिवमा जीवन दाहाल, सहसचिवमा प्रेम अधिकारी, कोषाध्यक्षमा प्रदिप गौचन, सहकोषाध्यक्षमा कमल गुरुङ सर्वसम्मत चयन हुनुभएको हो। यसरी नै सदस्यहरुमा तेज केसी, इश्वरी राना, धर्मा गुरुङ, बुद्धिसागर खनाल, सिता दुरा र लक्ष्मी नेपाल चयन हुनुभएको छ। आवाश्यकता अनुसार थप दुइ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था गरिएको छ। यस साधारणसभाले विधान संशोधन गर्दै एक उपाध्यक्ष, सहसचिव थप गर्ने निर्णय गरेको हो भने दुइ सदस्य अध्यक्षले मनोनयन गर्ने अधिकार प्रदान गरेको हो। संशोधन अनुसार दुइवर्षे कार्यकाल रहेको प्रतिष्ठान अब तीन वर्षे हुने भएको छ भने पद तथा गोपनियताको सपथको व्यवस्था थप गरिएको अध्यक्ष ह्योल्मोले जानकारी दिनुभयो। विधान संशोधनका लागि विधान संशोधन उपसमितिका संयोजक तथा प्रतिष्ठानका कानुनी सल्लाहकार नारायण शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिकी संयोजक, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सपथ ग्रहण गराउनुभएको थियो।
पुनःनिर्वाचित अध्यक्ष क्या. ह्योल्मोले कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई थप क्रियाशील एवं शसक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुहुदै सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो।


यस अघि कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि वरिष्ट साहित्यकार सरुभक्तले नेपालमा सँस्कृति सम्बन्धी ठोस नीति नभएको गुनासो गर्नुभयो। कल्याण शेरचन जस्ता स्रष्टाहरुको योगदान संघ संस्था र आफन्तहरुले गरिरहेकाछन्, सरकारको ध्यानै नभएको आरोप लगाउनुभयो। निवर्तमान नेपाल संगीत नाट्य प्रतिष्ठानमा कुलपति सरुभक्तले सरकार नेपाली सँस्कृति संरक्षण र विश्व सामु प्रचार प्रसार गर्ने कुनै नीति नभएको बताउनुभयो। आफु प्रतिष्ठानमा रहदा अत्यन्तै तितो अनुभव गरेको बताउनुहुदै कार्यकाल सरकारलाई सँस्कृति सम्झाउदा सम्झाउदै वितेको गुनासो गर्नुभयो। उहाँले सँस्कृतिकर्मी, श्रष्टा, साधकका लागि सरकार खोइ ? भनेर सोध्नु परिरहेको बताउनुभयो।
कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका संरक्षक, वरिष्ठ सँस्कृतिकर्मी चेतन कार्की, बरिष्ठ लोकगायिका हरिदेवी कोइराला, आजीवन सदस्य गणेश भट्टराई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सचिव श्रीजंग गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदिप गौचनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा र संचालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284