
कवि बादलदेवी चाम्लिङद्धारा पोखरामा शानदार कविता वाचन
पुर्वका कवि बादलदेवी चाम्लिङको एकल कविता वाचन पोखरामा सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा आज आयोजना भएको कार्यक्रममा कवि चाम्लिङले करिब आधा दर्जन कविता वाचन गर्नुभएको थियो ।

नारी प्रतिभा वाङमय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कवि चाम्लिङलाई आयोजकको तर्फबाट सम्मान समेत गरिएको थियो । भने कविको तर्फबाट आयोजकलाई पूर्वको चिनो समेत प्रदान गरिएको थियो ।
पाठेघर कविता संग्राह मार्फत नेपाली साहित्य आकाशमा छाउन सफल भएका कवि चाम्लिङले कार्यक्रममा नारी प्रतिभा, अस्तित्व, अधिकार लगायत आमालाई सर्मपित गर्दै कविता वाचन गर्नुभएको थियो । पाँचथर जिल्लाको साविक यासोक गाविस ९ मा जन्मेर हाल मोरङको बेलबारीलाई कर्मथलो बनाउँदै आउनु भएका उहाँ शिक्षण पेशमा आबद्ध हुनुहुन्छ ।

कार्यक्रममा कवि चाम्लिङले प्रस्तुत गर्नुभएको पाठेघर शीर्षकको कविताको केहि अंश यस्तो छ ।
पाठेघर
एउटी मीठो सृिष्ट धूनको स्रोत
मेरो पाठेघर
जूनको पेटले जति शीतल अनुभूति दिन्छ
त्यो भन्दा मीठो आनन्द दिन्छ मेरो पाठेघरले
नदीको मुहानको शक्तिभन्दा उँचो वैभव छर्छ
जूनहरु फूलहरुको ब्याड
उम्रन्छन् बढछन फुल्छन खुल्छन
र सजाउँछन ब्रह्माण्ड बगैंचा
जूनको बीज छर्नुस
जूनै उम्रन्छ
फूलको बीज छर्नुुस
फूलै उम्रन्छ
पहाड खोला नदी चटान
मरुभूमि जे जे छर्नुस
तिनै तिनै उम्रन्छन्
आउनुहोस
सुनाखरी भएर
बाँस भएर
गुराँस भएर
अथवा
काँडा भएर
आँधी हुरी भएर
विष भएर
धर्म नछोडी आउनुस
कर्म गर्नुस
आ आफनो सौन्दर्य नभत्किने गरी
अस्तित्व बचाएर
यसका आलवा कवि चाम्लिङले आमा, पहाड, अभिमान र प्रेम हजुरको जीत मलाई मनपर्छ लगायतको शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।
कवि चाम्लिङ बाहेक उहाँले सृजना गर्नुभएका कविताहरुलाई गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमू, कवि सरस्वती श्रेष्ठ सरु र कवि सुदर्शन पौडेलले पनि कविता वाचन गर्नुभएको थियो ।
नारी वाङमय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी थापाले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26