
कास्की काँग्रेसद्धारा पोविविमा, नेवि संघको अनसनमा एक्यवद्वता
पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की काँग्रेसले एक्यवद्वता जनाएको छ ।

विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विद्यार्थी नेता अनशन बसिरहेका छन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्वता जनाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा राजीव भण्डारी, फिरोज सुवेदी र दिपेन्द्र गौतम अनसनमा सहभागि थिए ।
विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन् ।
अनसनप्रति एक्यवद्वता जनाउँदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले विद्यार्थीको मागप्रति बेवास्ता गरे अवस्था गम्भिर आउन सक्ने चेतावनी दिए ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25