कास्की काँग्रेसले सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान गर्ने
नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
सो अभियान संचालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ । टोलिले पार्टीको साधारण तथा क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीका हालसम्मका गतिविधि, पार्टीले निर्वाह गरेको भुमिका, भातृ तथा शुभेच्छुक संस्थाका गतिविधि बारे जानकारी लिनेछ ।
त्यस्तै, टोलिले अन्य राजनैतिक पार्टीले गरिरहेका गतिविधि बारे पनि समीक्षा गरी जेष्ठ मसान्तसम्म पार्टीमा प्रतिवेदन बुझाउने छ ।
बैठकले आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई चैत्र ९ गते पोखरामा नागरिक अभिनन्दन गर्न लागिएकोमा त्यसको स्वागत गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09