ताजा खबर

कास्की जिल्ला फेन्सिङ संघमा शाही

   २९ जेष्ठ २०७६, बुधबार १५:४२      2,299 views

पोखरा । कास्की जिल्ला फेन्सिङ संघको मंगलबार भएको दोश्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा संदिप वराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नविन सुवेदी, शशिविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयनभएका छन् ।

नेपाल फेन्सिङ संघकी केन्द्रिय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि प्रचारप्रसार र विगतमा संघले गरिलिन नसक्दा ओझेलमा परेको वताउँदै आफुले संघलाई गतिशिलता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।


त्यसै गरी संघको बुधबार वसेको कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा मधुसुदन सुवेदी, भिमसेन थापा, कृष्ण रानाभाट, विनोद नेपाली र कानुनी सल्लाहकारमा दामोदर अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको सचिव संदिप वरालले वताए ।


त्यस्तै अगामि असार ६ गते कामाण्डौमा हुन गई रहेको फेन्सिङ संघ नेपालको केन्द्रिय अधिवेशनमा मताधिकार सहितको अधिकार प्रदान गर्दै संघका नवनिर्वाचित अध्यक्ष विजय शाहीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको पनि सचिव वरालले जानकारी दिएका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284