ताजा खबर

काहुँखोला दुधपोखरी सडकलाई थप ३८ करोड बजेट प्राप्त, अब २० कि.मी सडक कालोपत्रे हुने

   ६ पुष २०७६, आईतवार १५:४७      2,734 views

कास्कीको मादी गाउँपालिकालाई संघ र प्रदेश सरकारको समपुरक बजेट प्राप्त भएको छ ।
जस अन्तरगत निमर्णाधिन काहुँखोला दुधपोखरी सडकलाई ३७ करोड ९४ लाख ८४ हजार ४ सय १५ गण्डकी प्रदेश र संघ सरकारको साझेदारीमा समपुरक बजेट बिनियोजन भएको हो ।

यसअघि यही आर्थिक वर्षमा यससडकलाई भौतिक पुर्वाधार विकास मन्त्रालयबाट विजयपुर खोलादेखि थाकको उकालोसम्म १० कि.मी सडक कालोपत्रेका लागि ४० करोड बजेट बिनीयोजन भई दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सपनार काष्टमण्डप जेभी निर्माण सेवाले २२ करोड २६ लाख ७८ हजार ८ सय ५३ मा जिम्मा लिई निर्माण कार्य अगाडी बडाईएको छ ।


कास्की निर्वाचन क्षेत्र नं. एकका संघिय सांसद खगराज अधीकारी र गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ तथा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ लगायत जनप्रतिनिधीहरुको पहलमा २ वर्षभित्र कुनैपनि हालतमा सडक कालोपत्रे बनाई छाड्न दौडधुपमा लागि परेका छन् ।

हाल बाटो चक्लाउने, जाली भर्ने, सिमेन्टवाल लगाउने लगायतको काम तिव्र गतिमा काम अघि बढी रहेको मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।


निर्माण कम्पनीका प्रतिनिधिले जनाए अनुसार थाकको उकालोबाट संघ सरकारको छुटै १ करोडले केही ढलानको लागि छुटै निर्माण कार्य हुने र हाल समपुरक बजेटबाट प्राप्त बजेटले काहुँखोला सिक्लेस सडकको थप १० कि.मी सडक कालोपत्रे हुनेछ । थप १० कि.मी सडक कालोपत्रे हुँदा मादी १ को खिलाङ आसपाससम्म पुग्ने काहुँखोला सिक्लेस दुधपोखरी सडकका सचिव दानबहादुर गुरुङले जानकारी दिनुभयो ।


साथै सिक्लेससम्म नै कालोपत्रेको लागि यही वर्ष फेरी थप बजेटको लागि जनप्रतिनिधी र सरकार लागि परेको मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । मादी गाउँपालिकाकै मुख्य र लामो सडकखण्डमा पर्ने यस सडकले पोखरा १३ सँग मादी गाउँपालिकाको वडा नं. ५, ६, ७ र १ वडालाई जोड्दछ ।

त्यसैगरि विशेष अनुदान अन्तर्गत मादी ६ चिप्लीमा एक घर एक धाराका लागि ३५ लाख बजेट स्वीकृत भएको छ । उता मादी गाउँपालिकामा ईदी खोला, मकै खोलाको मोटरेबल पुलको टेण्डर भईसकेको र वार्दी खोला मोटरेबल पुलको टेण्डरको अन्तिम तयारीमा रहेको मादी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया अचार्य पौडेलले जानकारी दिनुभयो ।

यसवर्ष मादीको गाउँपालिकाको केन्द्र जाने पोखरा याङ्जाकोट सडक खण्डको ११ कि.मी सडक कालोपत्रे गर्नको लागि टेण्डर भईसकेको छ भने सौर्य मिजुरे सडक, तालबेसी लिपियानी चमेरेओडार मिजुरे सडक, मादी करिडोर, मध्यपहाडी लोक मार्ग मिजुरेदेखि मादी ५ सम्म निर्माण कार्यको सुरुवात हुने छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284