ताजा खबर

काहुँमा १० बर्ष पछि धरहरा महोत्सव मंसिर २८ देखि

   २१ मंसिर २०७५, शुक्रबार ०७:०२      3,457 views


पोखरा, २० मंसिर
पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० बर्ष पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो ।काँहू धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको रहेको छ । जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा मंसिर २८ गतेदेखि पुस ८ गते सम्म महोत्सव सञ्चालन हुने आज महोत्सव स्थल काहू डान्डामा पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको हो ।।२०६२ सालमा पहिलो पटक र २०६५ सालमा दोस्रो महोत्सव आयोजना भएको थियो । एक दशक पछि फेरी स्थानीय क्लबहरुको सक्रियतामा तेस्रो पटक महोत्सवको तयारी गरिएको हो ।पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए ।
महोत्सवमा पर्वतीय दौड, साईक्लिङ लगायत साहसिक खेलकुद गतिविधि सञ्चालन गरिने उनको भनाई छ ।राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिने उनले जनाए । लाईभ म्युजिक कन्सर्ट, व्यापार मेला समेत आयोजना गरिने छ । स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने छ ।महोत्सव स्थलमा ८० वटा स्टल राखिने उनले जानकारी दिए । स्टलमा दैनिक उपभोग्य सामान, फुड फेष्टिबल, हस्तकलाका सामानहरु राखिने क्लबले जनाएको छ । दश दिने महोत्सवमा ८० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । काँहु धरहरासम्म पुग्न अहिले मोटरबाटो नै निर्माण गरिएको छ ।काहुँ समुन्द्री सतहबाट १४६० मिटरको उचाईमा छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284