ताजा खबर

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

   ७ फाल्गुन २०७९, आईतवार १७:१५      982 views

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ ।
बैंक संचालक समितिको शनिबार बसेको बैठकले उहाँलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भँगेरीका गुरुङसँग २६ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उहाँ यसअघि म्यानमार सिटिजन्स् बैंक, यङ्गुन, म्यानमार (बर्मा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्थ्यो । विदेशी बैंकमा नेपाली सीईओ उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
सीईओ छनोट समितिले ३ जनाको नाम बोर्डमा सिफारिस गरेकोमा बोर्डले गुरुङलाई सीईओ नियुक्त गरेको हो । उहाँले सोमबारदेखि कार्यभार सम्हाल्ने बताउनुभयो ।


नेपालमा उहाँ पछिल्लो समय सिभिल बैंकको सीईओ हुनुहुन्थ्यो । म्यानमार सिटिजन्स् बैंक, यङ्गुन, म्यानमार (बर्मा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर करिब २ वर्ष काम गरिसक्नुभएका उहाँ त्रिभुवन विश्व विद्यालय अन्तर्गत नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्णपछि हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गर्नुभएको थियो ।

हिमालयन बैंकमा साँढे १० वर्ष काम गर्नुभएका उहाँले त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गर्नुभएको थियो । ग्लोबल आइएमई बैंकमा साँढे ३ वर्ष काम गरेपछि उहाँ नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गर्नुभएको थियो । उहाँले उक्त बैंकमा साँढे २ वर्ष काम गर्नुभयो ।


त्यसपछि सिभिल बैंक प्रवेश गर्नुभएका उहाँ साँढे ४ वर्ष डेपुटी सीईओ भएर काम गर्नुभयो । त्यसपछि गुरुङ उक्त बैंकको सीईओ बन्नुभयो । ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गर्नुभएका उहाँले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पु¥याउनुभएको थियो ।


कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि २२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिष्ट गरिएको थियो । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबीआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रिकुमार गुरागाइँको नाम सर्ट लिष्ट गरिएको थियो ।

सबै प्रतिस्पर्धीलाई पछि पार्दै लमजुङका गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओ बन्नुभएको हो ।


उहाँ कुशल कलाकार पनि हुनुहुन्छ । उहाँले तमू भाषाको चलचित्र चोँ मा तमू भाषाकै पहिले गजल खना बोलै भोदो ङलाई बोलको गीत गाउनु भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284