ताजा खबर

केबी नाम्जाली भुरुङ मगर स्मृति सम्मानबाट फूलकुमारी थापामगर सम्मानित

   ३ पुष २०७६, बिहीबार ०८:२७      1,476 views

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले गण्डकी प्रदेशका भाषा, संस्कृतिको विकासका लागि छुट्टै बजेटको व्यवस्था गरेर प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

मगर भाषाका कवि स्व. केबी नाम्जाली भुरुङ मगरको ५३ औं जन्मजयन्तीका अवसरमा मगर भाषा प्रतिष्ठान, कास्की शाखाले बुधबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगरलाई सम्मान गर्दै मन्त्री पुनले अबको हिउँदे अधिवेशनबाट प्रज्ञा प्रतिष्ठान विधेयक पारित गर्न लागेको बताउनुभयो ।

मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा मातृभाषाको पढाइ सञ्चालन भएका विद्यालयका लागि बजेटको व्यवस्था गरिएको बताउँदै उहाँले गण्डकी प्रदेशभित्र स्याङ्जा जिल्लामा मात्रै एउटा मगर भाषाको पढाइ हुने विद्यालय भेटिएको उल्लेख गर्नुभयो । हालै मात्र मगर भाषाको पठनपाठन सुरु गरेको कास्कीको माछापुच्छ«े गाउँपालिका–५, रिभान, मोहरास्थित माछापुच्छ«े आधारभूत विद्यालयका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

योजना लिएर मन्त्रालय आउन मगर समुदायलाई आग्रह गर्दै मन्त्री पुनले आफ्नो समुदायको विकासका लागि मगर समुदाय चनाखो हुनु जरुरी रहेको बताउनुभयो । सरकारी निकायमा मगर जातिको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उहाँले नीति निर्माण तहमा पुग्ने मार्ग तय गर्नुपर्ने भनाइ राख्नुभयो ।

मगर भाषा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल मगर संघका केन्द्रीय संरक्षक लोकबहादुर थापामगरले भौतिक विकासले मात्रै विकासको पूर्णता नहुने धारणा राख्दै भाषा, संस्कृतिको विकास भए मात्र सभ्यतासहितको विकासले पूर्णता पाउने बताउनुभयो ।

कवि केबी नाम्जालीले आफ्नो मातृभाषाको साहित्य विकासका लागि दिएको योगदान महत्वपूर्ण भएको भन्दै थापामगरले अल्पायुमै कवि नाम्जालीलाई गुमाउनु परेपनि छोटो समयमा दिएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो । नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर भाषा, साहित्यमा कलम चलाउने तर, ओझेलमा परेका मगर स्रष्टाहरूको पनि खोजी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मानिसले जन्म लिएपछि समाजलाई केही न केही योगदान दिनुपर्ने भन्दै रानामगरले स्वर्गीय कवि नाम्जालीको व्यक्तित्व र कृतित्व सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो । सो अवसरमा सम्मानित व्यक्तित्व, मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगरले आफूले पाएको सम्मानले मगर भाषाप्रतिको जिम्मेवारी अझै बढेको महसुस गरेको बताउनुभयो ।

मगर भाषा, साहित्यको विकासका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै थापामगरले मातृभाषा संरक्षण गर्न सबैसँग हातेमालो गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक एवं स्वर्गीय कवि नाम्जालीका सहोदर मामा क्या. नरेश थापामगरले मगर भाषाको विकासका लागि आफ्नो भाञ्जाले छोटै समयमा पनि निकै महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कवि नाम्जालीका सहोदर कान्छा भाइ उदय थापामगरले परिवारले मात्र नभइ सिंगो मगर भाषा र साहित्य क्षेत्रले एक अमर नक्षत्र गुमाएको बताउनुभयो । आफ्नो दाइको स्मृतिमा निरन्तर कार्यक्रम गर्दै आएकोमा आयोजक मगर भाषा प्रतिष्ठान, कास्कीलाई धन्यवाद दिँदै थापामगरले प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यामबहादुर थापामगर र सचिव रूद्रबहादुर श्रीसमगरले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार फूलकुमारी थापामगरलाई मन्त्री पुनले ताम्रपत्र, घलेक, खादा र फूलमालाले सम्मान गर्नुभएको थियो । साहित्यकार थापामगरका हालसम्म मगर भाषाका तीन कृतिसहित अन्य कैयन् फुटकर लेख, रचना समेत प्रकाशित छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284