ताजा खबर

कोकोम्हेन्दो साहित्य समाजको मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न

   १७ जेष्ठ २०८१, बिहीबार २२:३८      325 views

गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ‘तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श’ कार्यक्रम सम्पन्न भएकोछ ।


नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवं युवा नेता पूर्ण ह्योल्मो लामाले कुङामा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि गर्दै आएको गतिविधि सराहनीय रहेको भन्दै उहाँले कुनै पनि समुदायले भाषा साहित्यको क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको मात्र नभई देशकै भाषा संस्कृति समृद्ध हुने कुरामा जोड दिनुभयो । हरेक जातजातिको भाषा, लिपी, संस्कार संस्कृति विकास र संबद्र्धनको लागि समुदायको तर्फबाट पनि निरन्तर प्रयास रहनुपर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, राम बहादुर ब्लोन (शिबुु) साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गरेका थिए । नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए ।


संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य अन्जना डुम्जन र सञ्चालन सचिव मिनमाया डुम्जनको रहेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284