ताजा खबर

कोरिया थेगुमा ‘दोस्रो लाफा भलिबल कप २०२५’ हुँदै

   २ आश्विन २०८२, बिहीबार १४:२९      758 views

दक्षिण कोरियाको थेगुमा दोस्रो लाफा भलिबल कप हुने भएको छ । “स्वास्थ्य र मनोरन्जनको लागि खेल, प्रवासमा नेपालीहरुको मेल” भन्ने मूल नारालाई आत्मसात गर्दै, “आपतकालीन राहतकोष सहयोगार्थ” नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाद्वारा ‘दोस्रो लाफा भलिबल कप २०२५’ आयोजना गरिएको हो ।


अक्टूबर १९ तारिख आइतबारको दिन आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भई प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पारिदिनुहुन सम्पूर्ण खेलप्रेमी, संघ संस्था तथा क्लबहरुलाई संघले अनुरोध गरेको छ ।
थेगुको खुजी भलिवल खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताको लागि अक्टुबर १२ तारिख दिउँसो २ बजेसम्म टिम दिर्ताको लागि आह्वान गरिएको संयोजक मोहन मास्की रानामगरले जानकारी दिनुभयो ।


प्रतियोगितामा प्रथम पुरस्कार ३० लाख वन, सिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो पुरस्कार १८ लाख वन, सिल्ड मेडल, प्रमाण पत्र, तेस्रो पुरस्कार रु ५/५ लाख वन (दुई टीमलाई) मेडल प्रमाण पत्र रहेको छ ।


यसैगरी बिधागत पुरस्कारतर्फ सर्बोकृष्ट खेलाडी १ लाख वन, मेडल प्रमाण पत्र, उत्कृष्ट सेटर ५० हजार वन, मेडल, प्रमाण पत्र, उत्कृष्ट ब्लकर ५० हजार वन, मेडल, प्रमाण पत्र, उत्कृष्ट स्पाइकर ५० हजार वन, मेडल, प्रमाण पत्र र उत्कृष्ट लिबरो ५० हजार वन, मेडल र प्रमाण पत्र रहने जनाएको छ ।

पुनश्च :

  • टीम दर्ता शुल्क ३,५०,०००/- वन मात्र ( KEB hana bank 14491052467707 Thapa durga bahadur )
  • भलिबल प्रतियोगिता हुने मिति : २०२५/१०/१९ आइतबार समय: बिहान ८:०० बजेबाट, थेगुको खुजी भलिवल खेल मैदानमा

सम्पर्क: दिक्षा रोका मगर(अध्यक्ष)- 01025066656, दुर्गा थापा मगर (कोषाध्यक्ष) -01059069141, फत्त पुन मगर(कार्यक्रम संयोजक) – 010 23969998, मोहन मास्की रानामगर(खेल संयोजक)-01059434563, नेत्र सोराली मगर – 01083083625

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284