
कोरोना त्रासको बीच तमू धिं नेपालले सामान्य रुपमा साँस्कृतिक पर्व ट्होटें मनायो
साउन महिनाको अन्तिम मंगलबार आज तमू जातिको साँस्कृतिक पर्व ट्होटे कोरोना कहरको बीच तमू धिं नेपालले सामान्य रुपमा मनाएको छ ।

कोरोना कहरकै बीच गत चैतको अन्तिम मङगलबार पनि यसरी नै सामान्य रुपमा तमूले ट्होटे मनाएको थियो भने आज साउनको अन्तिम मङ्गलबार पनि यसरी नै सामान्य रुपमा कुनै कार्यक्रम नगरी मनाएको हो ।
पोखरा ९ नयाँबजारस्थित तमू धिं नेपालका कार्यसमिति, साँस्कृतिक उपसमिति, आमा समिति, तमू विद्यार्थी समिति र तमू (गुरुङ) कलाकार सहित चारभञ्ज्याङ तमू समाजको प्रतिनीधिहरु सहभागि भएर ट्होटे मनाएको हो । तमू धिं नेपालकी अध्यक्ष कर्म तमू र साँस्कृतिक उपसमिति तथा ट्होटें समितिका संयोजक मेनकाजी तमूले धुप हाली ट्होटेको प्रारम्भ गर्नुभएको थियो ।

कोरोना संक्रमण सुरक्षाको सजगता अपनाउदै शुरु गरिएको ट्होटे तमू धिं भवनलाई तमूहरुको साझा घर तमू ह्युला, नास ट्हो मान्दै कोरोनाको संक्रमणको अन्त्य, मुलुकको राजनीतिक, सामाजिक, साँस्कृतिक लगायत भ्रष्टचार कमिशन, विकृति विसंगतिको अन्त्यको कामनासहित सेती नदीमा पुरयाई सेलाईएको थियो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00