ताजा खबर

कोरोना नियन्त्रणका लागि तमु धिं नेपाल र क्षेत्रीय समाजहरुबाट प्रदेश सरकारलाई ५ लाख सहयोग

   १२ बैशाख २०७७, शुक्रबार १६:०९      1,368 views

हुम तमु

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा तमु धिं नेपालले ५ लाख रुपैया हस्तान्तरण गरेको छ।

कोरोना भाइरसको महामारीको नियन्त्रण गर्न स्वास्थ्य सामग्री खरिद र संक्रमितको उपचारका लागि तमु धि नेपाल र तमु धिं अन्र्तगतका क्षेत्रिय तमु समाजहरुको तर्फबाट तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहयोग ग्रहण गर्नुहुदै मुख्यमन्त्री गुरुङले यो संकटको बखत कति होइन को कसले सहयोग गरे प्रमुख हो भन्दै तमु धिं र तमु समाजहरुको पूर्ण सदुपयोग हुने बताउनुभयो। देशको सिमा लकडाउन बढाउनुपर्दछ भन्नुहुदै उहाँले नेपालको लकडाउन भारतको लकडाउनले निर्धारण गर्ने बताउनुभयो।

तर विकास निर्माण अघि बढाउने, कलकारखाना सञ्चालन, खेतिपाती कृषिलाई खुल्ला गर्दै लैजानुपर्ने भनाई उहाँको थियो ।आन्तरिक लकडाउनलाई व्यवस्थित बनाउदै जुनकुनै बेलाको विपत्ति, समस्या थेग्नै संरचना जरुरी रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो।

उक्त अवसरमा तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले अहिले राहत वितरण लक्षित समक्ष पुग्न नसकेको अर्थात दुरुपयोग भएको क्षेत्रीय समाजहरुको गुनासो समेत सुनाउनुहुदै भाइरस नियन्त्रण र संक्रमितको उपचारलाई ध्यान दिन आग्रह समेत गर्नुभयो।

संकटमा तमु धिं नेपाल सँगै छ मुख्यमन्त्रीले भन्नुस हामी अझै कति कस्तो सहयोग गरौं भन्दै कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले विकास निर्माण र मुलुक समृद्धिमा तमु धिं सधै साथै रहेको बताउनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284