ताजा खबर

क्यान इन्फोटेकको पूर्व सन्ध्यामा दृष्टिबिहीनहरुलाई कम्प्युटर तालिम

   १५ माघ २०७५, मंगलवार १८:४६      1,744 views


दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो ।

फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो ।


कम्प्युटर शिक्षा तालिमको मंगलबार एक कार्यक्रमका बीच ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा दृष्टिबिहीनहरुका लागि आयोजित कम्प्युटर शिक्षा तालिममा सहकार्य गरेको बताए ।

‘प्रतिस्पर्धाको समयमा सूचना तथा प्रविधिको ज्ञान अनिवार्य भएको हुँदा दृष्टिबिहीनहरुका लागि कम्प्युटर शिक्षा तालिम आयोजना गर्नु निकै राम्रो काम हो,’ उनले भने ।


क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले हरेक वर्ष क्यानले रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले औपचारिक शिक्षासँगै कम्प्युटरको ज्ञान अनिवार्य भएकाले दृष्टिबिहीनहरुका लागि कम्प्युटर शिक्षा आयोजना गर्नु निकै प्रशंसनीय भएको बताए ।


पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकको तयारीलाई तिब्र बनाइएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । ‘क्यान इन्फोटेकको पूर्व सन्ध्यामा दृष्टिबिहीनहरुलाई कम्प्युटर शिक्षा प्रदान गरेर रचनात्मक काम गर्न लागेका छौं,’ उनले भने । अघिल्लो वर्ष क्यानले गृहिणीहरुका लागि कम्प्युटर शिक्षा प्रदान गरिएको थियो ।


क्यान कास्कीका सदस्य शवी शेरचनको संयोजकत्वमा तालिम आयोजना गरिएको हो । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलकोे अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय अपाङग महासंघका गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, क्यान कास्कीका सचिव विकास भुर्तेल लगायतले बोलेका थिए ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284