
क्रोम्छें तमू मञ्चको प्रथम वार्षिक साधारणसभा पोखरामा सम्पन्न
क्रोम्छें तमू मञ्च नेपाल केन्द्रिय समितिको प्रथम वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

मञ्चका सल्लाहकार एवम् तमू प्ये ल्हु संघ काठमाडौका सल्लाहकार धनवीर क्रोम्छें तमूले एक कार्यक्रमका बीच साधारणसभाको उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले क्रोम्छें परिवारको एकतामा जोड दिँदै सबैलाई मिलेर अगाडी बढन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासचिव लब्सन क्रोम्छें तमूले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खकीमाया क्रोम्छें तमूले प्रस्तुत आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
२०७४ सालमा स्थापना भएको मञ्चले देशैभरका क्रोम्छें तमूहरुलाई संगठित गर्ने काम गर्दै आई रहेको छ ।

कार्यमक्रममा मञ्चलाई आर्थिक सहयोग गर्ने तथा आजीवन सदस्यता लिएका व्यक्तिहरुलाई आजीवन सदस्ता प्रमाण पत्र र सम्मान पत्र प्रदान गरिएको थियो ।
मञ्चका अध्यक्ष गुप्तबहादुर क्रोम्छें तमूको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सचिव नविन क्रोम्छें तमूले गर्नुभएको थियो भने द्धितिय उपाध्यक्ष उमा ङोप्छे क्रोम्छें तमूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26