क्रोम्छें तमू मञ्चको प्रथम वार्षिक साधारणसभा पोखरामा सम्पन्न
क्रोम्छें तमू मञ्च नेपाल केन्द्रिय समितिको प्रथम वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

मञ्चका सल्लाहकार एवम् तमू प्ये ल्हु संघ काठमाडौका सल्लाहकार धनवीर क्रोम्छें तमूले एक कार्यक्रमका बीच साधारणसभाको उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले क्रोम्छें परिवारको एकतामा जोड दिँदै सबैलाई मिलेर अगाडी बढन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासचिव लब्सन क्रोम्छें तमूले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खकीमाया क्रोम्छें तमूले प्रस्तुत आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
२०७४ सालमा स्थापना भएको मञ्चले देशैभरका क्रोम्छें तमूहरुलाई संगठित गर्ने काम गर्दै आई रहेको छ ।

कार्यमक्रममा मञ्चलाई आर्थिक सहयोग गर्ने तथा आजीवन सदस्यता लिएका व्यक्तिहरुलाई आजीवन सदस्ता प्रमाण पत्र र सम्मान पत्र प्रदान गरिएको थियो ।
मञ्चका अध्यक्ष गुप्तबहादुर क्रोम्छें तमूको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सचिव नविन क्रोम्छें तमूले गर्नुभएको थियो भने द्धितिय उपाध्यक्ष उमा ङोप्छे क्रोम्छें तमूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38