
क्रोम्छें तमू मञ्च नेपालद्धारा पच्यु चिवा पैंडी यारजंग क्रोम्छें तमूसँग अन्तरक्रिया
क्रोम्छें तमू मञ्च नेपालद्धारा आज पोखरामा पच्यु पैंडी चिवा पिपिसि यारजंग क्रोम्छें तमूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्रोम्छें तमू मञ्चले तयार पारेको तमू जातिको विभिन्न संस्कार र खास गरि क्रोम्छें तमूहरुको न्हेजाको बारेमा सोधिएको २५ वटा प्रश्नको जवाफ दिनुभयो ।
सो क्रममा उहाँले क्रोम्छें तमूहरु वोन धर्मलम्बी भएकोले प्रकृति पूजा गर्नुपर्ने र पच्यु क्ल्ह्ेप्रीको प्ये अनुसार संस्कारहरु अवलम्बन गरिनुपर्ने बताउनुभयो ।
बिहे गरेको चेलीले आफनो माइतीको थर छोडनु गलत भएको भन्दै उहाँले तमू जातिको विहेपछि पनि गोत्र नसर्ने भएकोले चेलीले आफनो माइतीको थर छोडन नपर्ने बताउनुभयो ।
वोनमार्गीहरुले आफना पितृलाई स्वर्ग तार्न तीन दिने अर्घु अनिवार्य गर्नुपर्ने र सभ्य हुने बहानामा आफनो मौलिक संस्कृतिहरुलाई छोडन नहुने बताउनुभयो ।

वोन धर्म विज्ञानसम्मत भएकोले कुनै पनि रीतिहरु छोडन र परिमार्जन गर्न जरुरी नरहेको भन्दै कर्ताले कर्म छोडे पितृको पाप कर्तालाई लाग्ने र खेगीले वेद पढन छोडे खेगीलाई पितृको पाप लाग्ने समेत उहाँले बताउनुभयो ।

पच्यु र क्ल्ह्लेप्रीहरु पनि अब सङकुचित मानसिकताबाट माथि उठेर वोन धर्म र आफनो प्येको बारेमा प्रचार प्रसारमा जुटनुपर्ने उहाँको भनाई रहेको छ ।
क्रोम्छें तमू मञ्च नेपालका अध्यक्ष गुप्तबहादुर क्रोम्छें (जिबी)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव लब्सन क्रोम्छें तमूले गर्नुभएको थियो भने उपाध्यक्ष उमा ङोप्छें क्रोम्छें तमूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कास्की, लमजुङ, स्याङजा, पर्वत लगायतका विभिन्न जिल्लाका क्रोम्छें तमूहरुको व्यापक सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले पच्यु चिवा यारजंग क्रोम्छें तमूसँग विभिन्न प्रश्नहरु समेत गरेको थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26