क्होला परिवार याङजाकोटद्धारा विदेशमा रहेको सदस्यहरुलाई स्वागत तथा सम्मान
क्होला परिवार याङजाकोटद्धारा आजएक कार्यक्रमको आयोजना गरि आफना विदेशमा रहेका सदस्यहरुलाई सम्मान गरेको छ ।
परिवारले युके निवासी परिवारका संस्थापक सल्लाहकार इमानसिंह गुरुङ र श्रीमती हाईसुब्बा गुरुङ तथा उहाँहरुको सुपुत्र राजु गुरुङलाई स्वागत तथा सम्मान गरेको छ । यस्तै परिवारले हङकङक निवासी परिवारका सदस्य ईश्वर गुरुङ र श्रीमती मालती गुरुङलाई पनि स्वागत तथा सम्मान गरेको छ ।
सम्मान ग्रहणपछि बोल्दै परिवारका संस्थापक सल्लाहकार इमानसिंह गुरुङले आफूहरुको घर विदालाई स्वागत गरेको र सबै परिवारसँग भेटघाट गर्न पाएको भन्दै परिवारप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँहरुको तीन जनाको परिवारको तर्फबाट क्होला परिवारलाई सहयोग स्वरुप नगद १ लाख रुपैंया प्रदान गर्नुभएको छ ।
परिवारका अध्यक्ष जेमप्रसाद गुरुङलाई सो सहयोग रकम प्रदान गरिएको थियो ।
यस्तै परिवारका सदस्य हङकङ निवासी ईश्वर गुरुङले क्होला परिवारको गतिविधिबाट आफूहरु विदेशमा भएता पनि एकदमै खुसी भएको र स्थापनाकालदेखि नै सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
आउनेदिनमा परिवारको सदस्यहरुको एकतामा अझै जोड दिदै उहाँले परिवारको गठन गरेर राम्रो कामको सुरुवात भएको भन्दै परिवारमा आबद्ध हुन बाँकी अन्य सदस्यहरुलाई पनि परिवारभित्र आबद्ध हुन आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँ र श्रीमती मालती गुरुङको तर्फबाट परिवारलाई नगद १५ हजार ६ सय रुपैंया सहयोग स्वरुप प्रदान गर्नुभएको छ ।
परिवारका उपाध्यक्ष क्या.श्यामबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष श्याम गुरुङले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
भने परिवारका सदस्य तथा क्होला परिवारको स्मारिका प्रकाशन समितिका संयोजक रोशनी गुरुङले परिवारले ल्होसारको अवसरमा प्रकाशित गर्न लागेको स्मारिकाको बारेमा भईरहेको कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।
यस्तै परिवारका सल्लाहकार क्या.चन्द्रप्रसाद गुरुङले परिवारले उत्पादन मुलक काममा लाग्न आफना सदस्यहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
परिवारका अध्यक्ष जेमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव क्या.घनबहादुर गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09