ताजा खबर

खिलाङमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना लाभान्वित

   ६ पुष २०७६, आईतवार १७:०२      2,885 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङमा वृहत्त निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।

स्थानिय थन्कु देउराली युवा क्लब र खिलाङ सिन्कुह्रो चेलीबेटीको संयुक्त आयोजनामा भएको सो शिविरमा ३ सय जना भन्दा बढी स्थानियले सेवा लिएको खिलाङ पोखरा सम्पर्क समितिका सचिव टेकनसिंह गुरुङले जानकारी दिनुभयो ।


शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हिमालयन आँखा अस्पतल घारीपाटन पोखराका वरिष्ठ आँखा रोग विशेषज्ञ डा.हरिमाया गुरुङले स्कुले बालबालिकाहरुमा बढीमा मात्रमा आँखाको समस्य देखिएको भन्दै बालबालिकालाई तयारी खाजा भन्दा हरियो सागपात र घरेलु खाजा खाना खुवाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

साथै उहाँले स्थानियले सहयोग गरेमा आगामी दिनहरुमा पनि आफुहरु खिलाङमा शिविर लिएर आउने प्रतिबद्धता समेत जनाउनुभयो ।


हिमालयन आखा अस्पताल पोखरा तथा सिटी डेन्टल ओरल क्लिनिक महेन्द्रपुल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो शिविरमा डा.हरिमाया गुरुङ, डा.श्रुती गुरुङ, डा.समता ढकाल, डा.पार्वती गुरुङ लगायतको स्वास्थ्य विशेषज्ञहरुको सहयोग रहेको थियो ।

शिविरमा सानासाना स्कुले बालबालिकादेखि ९३ वर्षका वयोवृद्धले समेत सेवा लिएका थिए । शिविरमा ८ जना मोतियाविन्दु रोगीको पहिचान भएको छ । उनीहरुको हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिने भएको छ भने शिविरमा सहभागि भएकाहरुलाई आगामी दिनमा सिटी डेन्टल ओरल क्लिनिकले ४० प्रतिशत छुटमा दाँतको उपचार गर्ने भएको छ ।


समापन कार्यक्रममा खिलाङ आमा समुहकी अध्यक्ष सकुनादेवि गुरुङ, सिन्कुह्रो चेलीबेटीकी संयोजक कौशिला गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।


खिलाङ पोखरा सम्र्पक समितिका अध्यक्ष झलक गुरुङ तथा थन्कु देउराली युवा क्लबका अध्यक्ष हरिभक्त गुरुङको संयुक्त अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन खिलाङ पोखरा सम्र्पक समितिका सचिव टेकनसिंह गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा मादी १ का वडा सदस्य एवम् खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङ लगायत सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284