ताजा खबर

खिलाङ आमा समुहको अध्यक्षमा पुनः सुकुनदेवी गुरुङ, थन्कुदेउराली युवा क्लबमा नौबहादुर गुरुङ

   ८ आश्विन २०७७, बिहीबार २०:१३      1,512 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ मा अवस्थित खिलाङ गाउँमा रहेको खिलाङ आमा समुहको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पुनः सुकुनदेवी गुरुङको अध्यक्षतामा आगामी दुई वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा मायादेवी गुरुङ, सचिवमा डिलमाया गुरुङ, कोषाध्यक्षमा डिलकुमारी गुरुङ र सह–सचिवमा सीतादेवी गुरुङलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा गंगादेवी गुरुङ, गौसुब्बा गुरुङ, कमलसुब्बा गुरुङ, छत्रसुब्बा गुरुङ र चोककुमारी गुरुङ रहनुभएको छ ।


यसैबीच सोही कार्यक्रममै खिलाङ गाउँको युवाहरुको साझा संस्था थन्कुदेउराली युवा क्लवको पनि पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ भने उपाध्यक्षमा सन्देश गुरुङ र सचिव रोशन गुरुङलाई चयन गरेको छ ।


यस्तै सह–सचिवमा निलम गुरुङ र कोषाध्यक्षमा सेसुब्बा गुरुङलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा टेकनसिंह गुरुङ, सन्दिप वि.क., निशा गुरुङ, दिपिका गुरुङ, लेसुब्बा गुरुङ र सुष्मा गुरुङलाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मादी १ का वडा सदस्य टिकाराम गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले विश्वव्यापी रुपमा कोरोना कहरले सबै त्रसित भएको बेला खिलाङबासीले पनि यसमा उच्च सतरकता अपनाउनुपर्ने बताउनुभयो ।

कोरोनाले सबै भन्दा धेरै बालबालिकाको शिक्षामा प्रभाव पारेको भन्दै अब अभिभावकले घरमै आफना बालबालिकालाई पठनपाठन लगायत अनुशासन र असल व्यवहारको बारेमा सिकाउन जरुरी रहेको बताउनुभयो ।

खिलाङ गाउँ पछिल्लो समय पशुपालनमा पनि अग्रसर हुँदै आएको भन्दै अब सबै मिलेर पशुपालनलाई व्यवसायिक रुपमा अघि बढाउनुपर्ने उहाँको भनाई रहेको छ ।


आमा समितिकी अध्यक्ष सुकुनदेवि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा क्लबका सचिव रोशन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

भने समाजसेवी विरेन्द्रमान गुरुङ, युवा क्वबका सल्लाहकार डिजी गुरुङ, शिक्षासेवी तथा प्र.अ.यमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


कार्यक्रममा सिक्लेसी पुत्र शिक्षा तथा विकासप्रेमी डा.स्व.चन्द्रप्रसाद गुरूडको स्मुति दिवसको अवसरमा उहाँको स्मरण गरिनुका साथै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284