ताजा खबर

खिलाङ गाउँको पर्यटन प्रवद्र्धन र प्रचार गर्न म्युजिक भिडियो निर्माण

   ९ पुष २०७६, बुधबार २१:२७      1,330 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने खिलाङ गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियो आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले उक्त म्युजिक भिडियोको विमोचन गर्दै स्थानिय गाउँहरुलाई यसप्रकारको म्युजिक भिडियोले राष्ट्रिय र अन्तर्राष्टिय रुपमा चिनाउन धेरै मद्दत पुग्ने बताउनुभयो ।


सबैको कुराको आ–आफनै नियम, परिधि र समय हुने भएकोले छोटो म्युजिक भिडियोमा गाउँको सबै टोल बस्ती अनि सबैको अनुहार खोज्न नहुने भन्दै स्थानियको नजरबाट माथि उठेर सबैले हेर्ने, रुचाउने र बिक्रि हुने वस्तुलाई ध्यानदिनुपर्ने बताउनुभयो ।

समग्रमा म्युजिक भिडियो एकदमै सशक्त बनेको भन्दै गीतको शब्द संगीतदेखि भिजुअलसम्मको सबै पक्ष राम्रो रहेको बताउनुभयो । साथै उहाँले सबै खिलाङबासीलाई गाउँको प्रचारमा जुटेको आभार व्यक्त गर्नुभयो ।


आफूहरु अहिले गाउँपालिकाभित्रको मुख्य सडकहरु कसरी कालोपत्रे गर्ने भन्ने कुरामा मात्रै ध्यान केन्द्रित भएर काम गरिरहेको भन्दै गाउँको विकास निर्माणको काममा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का वडा सदस्य एवम् खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले अब समाजहरुमा गरिने कार्यक्रमहरुमा धेरै मनोरञ्जन भन्दा बौद्धिक काम कुराहरुमा बढी केन्द्रित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आपूmहरु स्थानिय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणको काम के कति भएको छ भन्ने कुराको जनताले सही मुल्याङकन गर्न जरुरी रहेको बताउनुभयो ।


यस्तै म्युजिक भिडियोका निर्देशक नौजंग गुरुङले आपूmहरुले गीतमा गाउँको रीतिथीतिहरु सक्दो समेटने प्रयास गरेको भन्दै केही कमीकमजोरी भएमा आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभयो ।

हिमाल झलल मादी सलल बोलको उक्त गीतमा शब्द संगीत कृष्णकुमार गुरुङको रहेको छ भने रजनी रिदम राईको आवाज रहेको छ । गीतमा सृजना गुरुङको अभियन तथा गोरे गुरुङले नृत्य निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ यस्तै निर्देशक नौजंग गुरुङ, छायाँङकन, सम्पादन तथा ड्रोन सन्तोष कोन्मे तमूको रहेको छ । यस्तै सह–छायाँङकनमा टेकमान गुरुङ र श्रृङगारमा रेनु गुरुङ रहनु भएको छ ।

कार्यक्रममा खिलाङ आमा समुहको तर्फबाट सामुहिक थिएटर नृत्य समेत प्रस्तुत गरिएको थियो ।
खिलाङ तमू समाज पोखराका अध्यक्ष क्या.गणेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर गुरुङ र सिन्कुह्रो चेलीबेटी समुहकी संयोजक कौशिला गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा कलाकार प्राविधिकहरुलाई समाजको तर्फबाट सम्मान गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284