
खिलाङ तमू समाज आमा समितिको आयोजनामा तीन दिने उद्घोषण कला तालिम सम्पन्न
पोखरा १२ फूलबारी स्थित खिलाङ तमू समाज आमा समुहको आयोजनामा पोखरामा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. १ मा रहेको खिलाङ गाउँबाट पोखरा आई बसोबास गरेका खिलाङबासीको संस्था खिलाङ तमू समाजले आफना महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्नका लागि सो तालिमको आयोजना गरेको हो ।
पोखरा महानगरपालिका वडा नं.११ स्थित फुलबारीमा रहेको खिलाङ तमू समाजको भवनमा तालिम सञ्चालन भएको थियो ।
तालिमको समापन कार्यक्रम मादी गाउँपालिका वडा नं. १ का वडा सदस्य एवम् युवा समाजसेवी टिकाराम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

खिलाङ तमू समाज महिला समितिकी अध्यक्ष टीका गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने तालिममा रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
खिलाङ तमू समाजका करिब ६० जना महिला तथा पुरुषहरुले तालिममा सहभागिता जनाएको थियो ।
प्रशिक्षणमा प्रशिक्षणको अवधिमा सिकेका सिकाई र अनुभवबारे प्रशिक्षार्थीहरु कुलसुवा गुरुङ, लिला गुरुङ, शेरबहादुर गुरुङ र अनु गुरुङले अनुभुती सुनाएका थिए ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25