खिलाङ स्वास्थ्य इकाई कार्यालयलाई गोर्खा वलयफेयरबाट १ लाख ४० हजारको स्वास्थ्य सामग्री सहयोग
कास्कीको मादी १ खिलाङमा रहेको स्वास्थ्य इकाई कार्यालयलाई गोर्खा वयलफेयर ट्रष्टले विभिन्न स्वास्थ्य सा्रमग्री हस्तान्तरण गरेको छ ।
ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम अन्तगत सो सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा सर्जिकल मास्क ३ सय थान, ग्लोबस ६ थान, सेनिटाइजर ५ सय एमएलको १० बोतल, ह्यान्ड वास लिकुईट २ सय एमएलको २० बोतल, गमबुट ३ थान, सेप्टी ग्लोबस ३ थान, हात धुने स्टेशन सेट १ थान सहित अन्य सरसफाइको सामग्रीहरु समेत गरि करिब १ लाख ४० हजार बराबरको सामग्री प्रदान गरेको मादी १ का जनप्रतिनिधि टिकाराम गुरुङले जानकारी दिनुभयो ।
खिलाङ स्वास्थ्य इकाई कार्यालयका अध्यक्ष प्रेमकुमार गुरुङलाई गोर्खा वयलफेयरका प्रेजक्ट सुपरभाइजरद्धय जोगमल शाही र पुरुषोत्तम थापाले सो सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
वि.सं. २०७२ सालमा खिलाङ गाउँका समाजसेवी मेजर हितमान गुरुको पहलमा त्यहाँ गोर्खा फेयरले सो स्वास्थ इकाईको स्थापना गरेको थियो ।
अहिले सो इकाईमा दुई जना अहेबा मनिषा गुरुङ र सिर्जना अधिकारले स्थानियलाई सेवा दिदै आई रहनुभएकोे छ । अहिले वितरण गरिएको सो सामग्री पनि मेजर उनै हितमान गुरुङकै पहलमा उपलब्ध भएको बताइएको छ ।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य टिकाराम गुरुङ, आमा खिलाङ आमा समुहकी अध्यक्ष सुकुनादेवि गुरुङ टोल समितिका अध्यक्षहरु तथा स्थानीयको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09