ताजा खबर

खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन फागुन २५ गते

   १४ माघ २०७५, सोमबार ०७:३०      211,539 views

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ ।

पिकनिकबीच भएको सो कार्यक्रममा मञ्च कोषाध्यक्ष विजय नेपालले आयव्यय सार्वजनिक गरेका हुन् ।

जसअनुसार अवार्डमा ८ लाख १५ हजार ७१ रुपैयाँ ४६ पैसा आम्दानी भएकोमा ६ लाख ९९ हजार ३ सय ९५ रुपैयाँ ७२ पैसा खर्च हुन गएको छ भने बचत १ लाख १५ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैक्रममा मञ्चले आयोजना गर्ने सबैभन्दा ठूलो इभेन्ट पोखरा स्पोर्टस् अवार्डको आगामी चौथो संस्करणको लागि सहयोग आउनक्रम सुरु भैसकेको छ ।

एन्फा कास्की सदस्य पोखरा–१, बुद्धटोल निवासी राधा गुरुङले सोही अवसरमा ५ हजार ५५ रुपैयाँ मञ्च अध्यक्ष केशव पाठकलाई प्रदान गरिन् ।

यस्तै, रमाइलो खेलअन्तर्गत कुर्सी दौडमा मञ्च उपाध्यक्ष दीननाथ बराल र घैंटो फुटाउने प्रतियोगितामा कोषाध्यक्ष विजय नेपाल विजयी भए । उनीहरुलाई पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

मञ्च अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले संचालन गरेका थिए ।

मञ्चको तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ का सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । विसं २०५७ सालमा स्थापित मञ्चमा विशेषतः खेलकुद बिटमा कलम चलाउने ५५ जना बढी पत्रकार आबद्ध छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284