ताजा खबर

खै बिदो तो बिदो गीतले वैशाख ७ गते दिउँसो १२ बजेसम्म प्रतिस्पर्धा गर्न पाउने

   ४ बैशाख २०७६, बुधबार २२:२१      2,816 views

म्ले क्यु चलचित्रमा समावेश रहेको गीत खै बिदो तो बिदो क्योलाई तो बिदो बोलको गीतका लागि गरिएको कभर नृत्य प्रतियोगिताको अन्तिम नतिजा यहि वैशाख ७ गते दिउँसो १२ बजे प्रकाशन हुने भएको छ ।

इन्जिनियर रोशन गुरुङद्धारा लिखित गीत म्ले क्यु चलचित्रमा समावेश रहेको छ । चलचित्र यहि वैशाख ७ गते पोखरामा प्रदर्शन हुँदैछ । विन्दवासिनी चलचित्र मन्दिर तेर्सापटिमा चलचित्र विहान ८ बजे दिउँसो १२ बजे र अपरान्ह् ३ बजे प्रदर्शन हुने भएको छ ।


चलचित्रको उक्त गीतमा धनमाया गुरुङ र मनोरहर रानाको अभिनय रहेको छ भने उक्त गीतका लागि गत साउन महिनामा कभर नृत्य प्रतियोगिता शुरु गरिएको थियो ।


प्रतियोगितामा कूल १० टिमले भाग लिएका छन भने युटुवमा सबै भन्दा धेरै भ्युओर्स पाएको आधारमा गीतको नतिजा प्रकाशन गरिने छ ।


बिजेता मध्ये एउटा मात्रै समुहलाई नगद पुरस्कार दिइने छ भने सहभागि सबै समुहलाई प्रमाण पत्र प्रदान गरिने छ । पुरस्कारको राशि नगद ७५ हजार रुपैंया रहेको छ ।


उक्त पुरस्कारलाई युके निवासी तमू धि युकेका सल्लाहकार एकेन्द्र गुरुङ, उपाध्यक्ष द्धय हितकाजी गुरुङ र जुमकाजी गुरुङ, कार्य समिति सदस्य मिलन तमू, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे) र युवा व्यवसायी भिम गुरुङले प्रायोजन गर्नुभएको छ ।


अहिलेसम्म प्रतियोगि समुह मध्ये पोखराको तरेली साँस्कृतिक परिवारले निर्माण गरेको गीति अभिनय अत्याधिक दर्शकले रुचाएका छन उक्त परिवार करिब १ लाख ५० हजार भ्युओर्सको साथमा अग्र स्थानमा रहेको छ भने अरु समुहले उसलाई पछयाई रहेको छ ।


तर गीतको अन्तिम नतिजा भने वैशाख ७ गते मध्यान्ह् १२ बजेसम्मको धेरै दर्शकको भोट पाएको आधारमा छिनोफानो हुनेछ । बिजेता समुहलाई सोहि दिन दिउँसो १२ बजेको सोमा पुरस्कार प्रदान गरिने चलचित्रका निर्देशक जसु गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284