
गण्डकी प्रदेशका प्रहरी नायव महानिरीक्षक विनोद शर्माद्धारा विभिन्नहरुको प्रहरी गुल्महरुको निरीक्षण
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज संघिय प्रहरी इकाई कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्त दुरुष्त एवम् जनलक्षित बनाउन उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले विभिन्न शाखाहरुबाट सम्पादन हुने गतिविधिहरुको निरीक्षण गर्नुका साथै संघिय प्रहरी इकाई कार्यालयको नव निर्मित प्रहरी भवनको समेत अवलोकन गर्न भएको छ ।
कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक घिमिरेलाई कार्यालय र मातहतका गतिविधि लगायतको विषयमा समेटिएको प्रस्तुतीकरणका माध्ययमबाट थप गतिविधिहरुको जानकारी गराईएको थियो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रमा आईपर्ने जस्तासुकै समस्याहरुसंग लड्न प्रहरी कर्मचारीले सदैव आफुलाई तयार राख्नुपर्ने बताउदै गलत गर्नेहरु माथि कानून सम्बत कानूनी कठोरताको नीति अंगिकार गर्न र गराउन निर्देशन गर्नु भएको छ ।
कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26