ताजा खबर

गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सेमिफाईनलमा

   ८ बैशाख २०७६, आईतवार ०७:२१      2,315 views

गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेश माथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल बर्षाएको थियो । लिगको तेश्रो खेलमा दिप्ती गुरुङले डवल ह्याट्रिक पुरा गरिन् । गण्डकी प्रदेशले लिगको अन्तिम खेल त्रिभुवन आर्मीसंग आइतबार खेल्ने भएको प्रशिक्षक बिष्णु गुरुङले बताए । आइतबारको खेलमा जितेमा समुह विजेता हुदै र पराजित भएमा समुह उपविजेता हुदै गण्डकी प्रदेश अन्तिम चारमा यात्रा बनाउने भएको हो ।

त्यसै गरी नेपालगन्जको रंगशाला परिसरमा शनिबार भएको पुरुष तर्फको खेलमा त्रिभुवन आर्मीलाई गण्डकी प्रदेशले २१ को बिरुद्ध २४ गोल गरी अन्तिम चारमा स्थान पक्का गरेको हो । गण्डकीको जितमा सन्तोस श्रेष्ठले सर्वाधिक ११ गोलको योगदान दिए । गण्डकीका गोलरक्षक बिशाल नेपालीले पटक पटक आर्मीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए । लिगको अन्तिम खेल गण्डकी प्रदेशले आइतबार प्रदेश नम्बर ५ संग प्रतिष्प्रर्धा गर्ने भएको प्रशिक्षक भिमशेन शाक्यले बताए । उक्त टिमलाई जितेमा समुह विजेता हुदै सेमिफाईनलमा प्रबेश गर्छ भने पराजित भएमा समुह उपविजेता हुदै सेमिफाईनलमा प्रबेस गर्छ ।


शनिबार भएको लिग चरणको पहिलो खेलमा प्रदेश नम्बर ५ ले हेमन्त थापाको ६ गोलको मद्धतले कर्णाली प्रदेशलाई २२–१८ को गोल अन्तरले पराजित गरेको हो । कर्णालीका केशव विष्टले ७ गोल गरे । उनले यस अघिका खेलमा पनि न्यूनतम ५ गोल भन्दा माथि गर्दै आएकाछन्।
यता, महिलातर्फको ह्याण्डबलमा शनिबार भएको पहिलो खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले हरायो । आर्मीकी शान्तिकला राईले सर्वाधिक ९ गोल गरिन् ।


शनिबार नै भएको महिलातर्फको दोस्रो खेलमा प्रदेश नं ३ ले प्रदेश कर्णाली प्रदेशलाई ८–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं ३ की निरुता बुढाथोकी मगरले सर्वाधिक २ गोल गरिन् ।
त्यस्तै, तेस्रो खेलमा प्रदेश नं १ ले प्रदेश नं २ लाई २२–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं १ की निशा राईले सर्वाधिक १३ गोल गरिन् । चौथो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं ७ लाई ३५–१ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा एपीएफकी उमा राइले सर्वाधिक १० गोल गरिन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284