
गण्डकी प्रदेश सरकारको दुईवर्ष, सरकार वायुपँखी घोडाको गतिमा अघि बढछ– मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेश सरकारले आज आफनो स्थापनाको दोस्रो वार्षिकोत्सव मनाएको छ ।
स्थापना दिवसका अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा आफुले भुईचालो ल्याइदिएको दावी गर्नुभयो ।

संघीय सरकारको ‘माइन्ड सेट चेन्ज’ भइरहेको र प्रदेशलाई बलियो बनाएर जानुपर्छ भन्ने भावना बल्ला आउन थालेको उहाँको भनाई छ । संघीय शासन प्रणाली ठिक ढंगले चलेको दावी गर्दै उहाँले गति ढिलासुस्ती भएको बताउनुभयो ।
‘हामीले खोजेको गति वायुपँखी घोडाको हो, उहाँले भने, संघीय सरकार चिप्ले किरा र कछुवाको गतिमा छ ।’ गतवर्ष पोखरामा भएको मुख्यमन्त्री भेलालाई लिएर संघीय सरकारले आप्mनो विरुद्ध मोर्चाबन्दी गरेको र सरकार ढाल्न खोजेको रुपमा लिएपनि कालान्तरमा त्यसले काम गरेको बताउनुभयो ।

‘हामीले हाम्रा साझा समस्याका विषयमा छलफल गर्न भेला भएका थियौं, त्यसले निर्धारण गरेका २८ बुँदाकै आधारमा अहिले निर्णयहरु भएका छन् ।’ अझै पनि प्रदेश सरकार अस्थायी संरचनामा बसेको भन्दै उहाँले जग्गाको स्वामित्व दिन संघीय सरकार हिचकिचाएको बताउनु भयो ।
स्थानीय, प्रदेश र संघीय सरकारका साझा क्षेत्रका कानुन बनाउँदा संघीय सरकारले संवाद नगरेको भन्दै त्यसले अप्ठ्यारो पारेको उनको भनाई छ । प्रदेश सरकारले अब अर्कालाई दोष दिएर उम्कने अवस्था नरहेको उनले बताए । प्रदेश सरकार शुन्यबाट शुरु भएको भन्दै उहाँले अहिले काम चलाउन कर्मचारी र संरचना तयार भएको भन्दै उहाँले अब काममा केन्द्रित हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आफूले भर्खरै कार्यभार सम्हालेकोले सबैसँग त्यति घुलमिल हुन नपाएता पनि प्रदेश सरकारको योजना कार्यन्वयन गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
साथै उहाँले नेपालको संघीय र प्रदेश सरकारले देशको प्राकृतिक स्रोत साधनलाई राम्रोसँग उपयोग गरेर जनता सामु ल्याउन सके त्यो अन्तर्राष्ट्रिय जगतमै राम्रो हुने बताउनुभयो ।
वर्षिकोत्सवको अवसरमा प्रदेश सरकारले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी दलबहादुर अधिकारी सहित १८ जनालाई नगद पुरस्कारले सम्मान गर्ने घोषणा समेत गरेको छ ।
ड्ड
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26