गण्डकी प्रदेश स्तरिय छनोट जारी, ‘खेलकूद नयाँ ढङले अगाडी बढ्छ’ उपाध्यक्ष तिमिल्सिना
प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जानकारी दिएको छ ।
दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स ४०० मिटर पुरुषमा तनहुँका दान बहादुर बराल मगरले ५४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । नवलपुरका समिर महतोले ५४ सेकेण्ड र म्याग्दीका इश्वर सेन्चिुरीले ५७.१६ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।
महिला ४०० मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले १ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन भने कास्कीकी अनिशा भण्डारीले १ मिनेट १३.२० सेकेण्ड र गोर्खाकी शुष्मिता काराखेतीले १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।
यसै गरि पुरुष ज्याभलिन थ्रोमा गोर्खाका निशाना गुरुङले ४०.९७ मिटरको दुरी पार गराउँदै स्वर्ण जितेका छन । स्याङजाका चित्र बहादुरले ४०.७४ मिटर र नवलपुरका निरज महतोले ३९.८० मिटरको दुरी पार गराउँदै क्रमश रजत र काश्य पदक हात पारे ।
महिला ज्याभलिनमा तनहुँकी सुमित्रा थापाले स्वर्ण जितेकी छन । उनले २८.९० मिटरको दुरी पार गराईन । कास्कीकी सोनु नेपालीले २६.९७ मिटर र गोर्खाकी सविता तामाङले २२.९१ मिटरको दुरी पारा गराउँदै क्रमश रजत र काश्य पदक जिते ।
सम्पन्न ८०० मिटर पुरुष दौडमा लमजुङका शुजन बिकले २ मिनेट १५.२१ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । यसैगरि मनाङका प्रकाश गुरुङ २ मिनेट १६.३१ सेकेण्डमा दुरी पार गर्दै रजत र गोर्खाका आर्यान बस्नेतले २ मिनेट १८. १८ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते ।
महिला ८०० मिटर दौडमा कास्कीकी ललिता लामिछानेले २ मिनेट ४५.३० सेकेण्डमा दुरी पारगर्दै स्वर्ण, स्याङजाकी जानकी खनालले २ मिनेट ५१.५० सेकेण्डमा दुरी पार गर्दै रजत र नवलपुरकी मालती चौधरीले २ मिनेट ५४.९० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारेका छन ।
यसै गरि पुरुष टेबल टेनिस पुरुष एकल तर्फ कास्कीका शंकर धितालले स्वर्ण जितेका छन भने बागलुङ शुजन कुवंरले रजत, बागलुङका समर केसी र कास्कीका अनुश कुवर तथा कास्कीका सुमेश लामाले काश्य पदक हात पारे ।
महिला टेबुल टेनिस तर्फ कास्कीकी मुना थापाले स्वर्ण, कास्कीकी पार्वती श्रेष्ठले रजत, नवलपुरकी प्रमिशा न्यौपाने, कास्कीकी सुजाता पौडेल र कास्कीकी ज्योती गुरुङले काश्य पदक जितेका छन ।
लङजम्प तर्फ लमजुङका जयन्द्र गुरुङले स्वर्ण पदक जितेका छन । उनले ६.१७ मिटर जम्प गरेका थिए ।
म्याग्दीका इश्वर सेन्चिुरीले ५.८९ मिटर र कास्की अमृत कुवरले ५.७६ मिटर जम्प गर्दै क्रमश रजत र काश्य पदक जिते । महिला तर्फ गोर्खाकी शविना परियारले स्वर्ण, लमजुङकी रजिना कुमालले रजत र लमजुङकी लक्ष्मी परियारले काश्य हात पारिन ।
यस अघि प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सीनाले अबको खेलकुद नयाँ ढङले अगाडी बढ्ने बताएका छन । मुलुकको खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद पंचायतकालिन संरचनामा चलिरहेकोले पनि खेलाडीले भने जस्तो गरि सुबिधा समेत पाउन नसकेको उनले बताए ।
उपाध्यक्ष तिमिल्सिनले पोखराको खेलकुदको पूर्वाद्धारहरु यथासिघ्र सम्पन्न गर्ने गरि काम संचालन गरिने बताए । ै ८ औं राष्ट्रिय खेलकुद तोकिएको समयमा सम्पन्न हुने कि नहुनेमा अझै केही भन्न नसिकिने बताउँदै उनले भने–“मिती तोक्न सकेका छैनौ तर आफुनो मन भित्र बाट भने छिटो गर्नु पर्छ भन्नेनै छ र मनमा त्यही कुरा खेलिरहेको छ ।”
गरिने र त्यस पछि शुरुहुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपालले विशेष तयारीका साथ तयारीका लागि जुट्ने समेत उपाध्यक्ष तिमिल्सिनाले बताए ।
गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता फागुन २५ गते सम्पन्न हुने छ भने विभिन्न ११ जिल्लामा विभिन्न प्रतियोगिताहरु हुदैंछन । प्रतियोगितामा ११ जिल्लाका कुल २ हजार ८ सय ७७ खेलाडीको सहभागिता रहने छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09