
गरिमा विकासकोे ७३औ शाखा हेमजामा
गरिमा विकास बैंकको ७३औ शाखाको रुपमा हेमजा आज एक कार्यक्रमका बीच शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैकं क्षत्रिय कार्यालय पोखराका प्रमुख डा.डिल्लिराम पोखरेलले बैकंको सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिए । सोहि अबसरमा बैङकिङ क्षेत्रको गतिविधि प्रस्तुत गरेका थिए ।
गरिमा विकास बैक लि.का सञ्चालक समिति सदस्य डा.आनन्द श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिना र महिला सञ्जाल पोखरा २५ की अध्यक्ष रमा त्रिपाठी लगाएतले बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त अबसरमा देबिस्थान भजन समुहका अध्यक्ष भरतचन्द्र गौतमले कबिता बाचन गरेका थिए ।
सस्थाका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रमुख कार्यकारी अधिकृतले र सञ्चालन शाखा प्रमुख शंकरराज सापकोटाले गरेका थिए ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00