गुप्तेश्वर क्याम्पसमा राष्ट्रिय पोशाक संरक्षणको हस्ताक्षर अभियान
“हाम्रो संस्कृति, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो अभियान” भन्ने मूल नारा सहित राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला समिति, कास्कीले हस्ताक्षर अभियान सम्पन्न गरेको छ । महाअभियान जिल्ला समिति, कास्कीले दोस्रो दिनको कार्यक्रम अन्तर्गत बिहिबार पोखरा–१७, डेभिसफलमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।
नेपालीहरुको दौरा–सुरुवाल र गुनियो–चोलीलाई राष्ट्रिय पोशाक बनाउनु पर्ने र सांस्कृतिक आन्दोलनलाई थप उचाईमा पु¥याउनका निम्ति हस्ताक्षर अभियानको थालनी गरेको राष्ट्रिय पोशाक संरक्षण महाअभियान, कास्कीका परिचालक सुन्दर बराल(धड्कन) ले बताउनुभयो । “एक भेष, एक भाषा हुदैन् भन्दै गर्दा दौरा–सुरवाल र गुनियो–चोलोलाई विश्वमा चिनाउने र राष्ट्रिय पोशाक बनाउने अभियान रहेकोले यसलाई बनाई छाड्ने अठोट हाम्रो रहेको छ,”उहाँले भन्नुभयो । उहाँले देशमा राष्ट्रिय झन्डा, भाषा, पन्छी, रङ्ग, फूल, जनावर सबै भएकाले पोशाकलाई पनि प्रथमिकताका साथ समेटिनु पर्ने जोड दिनुभयो ।
उक्त अभियानबाट सफलता प्राप्त नगरुन्जेल यस्ता अभियानहरुलाई निरन्तरता दिने उहाँको थियो । पोशाकको माध्यमबाट देशलाई विश्व माँझ चिनाउन सकिने भएकाले खाली त्यसमा विरोध गर्नुको तुक नभएको बरालको भनाई थियो । अभियानको पहिलो दिन पृथ्वीनारायण क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो भने दोस्रो दिन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हस्ताक्षर संकलन गरेर कार्यक्रमको समापन गरिएको हो ।
त्यस्तै जनप्रिय बहुमुखी क्याम्पस, पोखरा विश्व विद्यालय लगायतका जिल्लाका विभिन्न क्याम्पसबाट सात दिन सम्ममा १० हजार हस्ताक्षर पु¥याउने अभियान अयोजकले राखेको छ । सात दिनको हस्ताक्षर अभियान पश्चात् पुष १७ गते बृहत ¥यालीको समेत आयोजना गरिने भएको छ ।
सो ¥याली बिहान १० बजे पृथ्वीचोकबाट सुरु भई मानवअधिकार चोकमा पुगि समापन हुनेछ भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सामु १० हजार हस्ताक्षर सहित ज्ञापन–पत्र बुझाउने कार्यक्रम पनि रहेको छ । देशका २८ वटा जिल्लामा उक्त हस्ताक्षर अभियानका कार्यक्रम भैरहेका छन् भने अन्य जिल्लाबाट पनि विभिन्न माध्यमबाट सांस्कृतिक आन्दोलनलाई सफल पार्नका निम्ति सहयोग भइरहेको आयोजकले जनाएको छ ।
आजको खबर
Follow Us
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24