
गुरुङहरुको टहोंटहें पर्व र यसको सान्दर्भिकता

एकेन्द्र गुरुङ
पूर्व प्रधानाध्यापक
भूमिका
गुरुङहरुलाई तमू पनि भनिन्छ । गुरुङहरुको आफ्नै भाषा, धर्म र संस्कृति, आफ्नै मौलिक परम्परा र संस्कार छन् र, आफ्नै मौलिक जीवन पद्दति छन् । तमूहरु प्रकृतिवादी हुन र देवीदेवता, भूतप्रेतमा विश्वास राख्छन् । भूतप्रेत, जंगली जनावर र दैविक प्रकोपबाट सुरक्षित रहन समय सापेक्ष विभिन्न नाम र प्रकृतिका पूजाहरु ग्रिरहन्छन् । जस्तैः सिल्दोनाल्दो त्हें (अन्नपानीको पूजा), नमरु थिवा त्हे (चौपायको सुरक्षाको लागि घाँसे भूमिमा गरिने पूजा), टे थिवा त्हे, थासो वाब त्हें, प्लावी लब त्हें, सोंप्ला वाब त्हें (बाली सुरक्षा गर्ने पूजा), ल्हूथिवा त्हें, छयोवा च्यूवा त्हें, फैलु लव, पर्व त्हें, क्यह त्हे, हि« त्हें आदि इत्यदी त्हें (पूजा) गर्ने चलन गुरुङ गाउँवस्तीहरुमा अझै चलनचल्तीमा कायमै छ ।
साथै, एउटा खर्कबाट अर्कों खर्कमा गोठ सार्दा, कोदो, काउनु, मकै र पाखे धान (घैया झै बिना पानी पाखामा लगाउने धान) पिँडालुको खेती आदि खेती प्रयोजनको लागि खुरिया बनाउने शुरुका दिनमा, माछा मार्न दुबाली फकाउँदा, सिकार खेल्न जाँदा लक्षित क्षेत्रमा पुगेपछि कुकुरलाई घण्टी लगाइदिने बेलामा निगालो काट्ने दिनमा ‘पुवा’ वा ‘अल्लो’ (विशेष प्रकारको सिस्नो) काट्ने दिनमा नाच (चरित्र, सोरठी, थिएटर), सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा, एउटा गाउँबाट अर्को गाउँमा जाँदा वा बजार या जात्रा निस्कदा पनि विषय, प्रसंग र परिस्थितिअनुसार ‘त्हे’ (पूजा) गर्ने चलन रहेको छ । ठूलो ढुङ्गा, ठूलो रुख, झहरा, पहरा, भञ्ज्याङ देउराली, नदीनाला, सिमेभूमेको पूजा नगरेमा अशुभ र अनिष्ठ हुन सक्ने विश्वास राख्छन् । चट्कन परेमा, असिना झरेमा, सिकारमा मृग नमगरेमा, जालमा माछा नपरेमा वा कुनै अप्रिय घटना घटेमा देवीदेवता रिसाएर हुन गएको हो भन्ने जनविश्वास छ । यद्यपि ट्हो ट्हें नै गुरुङहरुको प्रमुख सामाजिक र सांस्कृतिक पर्वको रुपमा प्रचलनमा रहेको पर्व हो ।
परिभाषा
गुरुङ भाषामा “ट्हो”े भनेको गाउँबस्ती, टोल र “त्हे”े भनेको पूजा भन्ने बुझिन्छ । तसर्थ त्हो त्हैँ भनेको गाउँको शान्ति र सुरक्षाको लागि गरिने पूजा हो । गुरुङ्गहरु ट्हो टहेको साथसाथै “ट्हो टहें”े शब्दको प्रयोग पनि गर्छन् । ट्हो भनेको माथि उल्लेख गरिए झैँ गाउँ, टोल वा बस्ती र टहें भनेको गुरुङ भाषाको टेवा भन्ने शब्दबाट उप्रभंश वा विकसित भएर आएको शब्द हो । गुरुङ भाषामा “टेवा”ेको अर्थ खन्नु, लेखट्नु र धपाउनु भन्ने बुझिन्छ । तसर्थ यहाँ “ट्हें”ेको अर्थ धपाउनु वा लखेट्नु भन्ने रहेको छ । अत “टहो टहें”े भनेको भूतप्रेत, रोग महामारी गाउँबाट धपाउदा गरिने पूजा वा पर्व हो । दैनिक उपभोग गरिने वस्तु सर्वसुलभ होस, जैविक विविधता कायमै होस् भन्दै गाउँको शान्ति र प्रतिरक्षाको लागि गरिने कार्यक्रम नै ट्हो ट्हें हो । यसलाई गाउँको सुरक्षार्थ गरिने पूजा, पर्व र उत्सवको रुपमा मनाउन थालिएको छ ।

गुरुङ भाषा संस्कृति सबै गुरुङ गाउँबस्तीहरुमा एक नासको पाइँदैन । एउटै शब्दलाई ठाउँगाउँ अनुसार फरक प्रसंग र शैलीमा प्रयोग गरिएको पाईन्छ । पृथक ठाउँमा पृथक अर्थमा व्याख्या गरिन्छ । जस्तै टहों टहें तमुधिं नेपाल, ट्हों त्हें तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालय पोखरा, ट्हों त्हें तमु युवा संघ काठमाडौँ, ट्हो त्हें सोपाल तमु समाज काठमाडौँ, ट्हों त्हें दुवै पर्वतमा, खलेल लव स्याङ्जा, सिम्ले लव तनहुँको फिरफिरे र स्याङ्जाको कोल्मा काउँले, छ्याँगु लमजुङ र तनहुँ, खल्कने पूर्वी लमजुङ र पश्चिमी गोर्खा, प्ह्«ो वाब पश्चिमी लमजुङ र नयाँ कास्की, म्हे ह्वाब् (साउने भूत धपाउने) चौधखोला लमजुङ, टहों स्यूरब पश्चिम लमजुङमा प्रयोग र चलनचल्तीमा रहेका हुन् । यसरी गुरुङ समुदाय बीच, संस्था संस्थाहरु बीच एउटै शब्दमा फरक हिज्जे उच्चारण र पृथक अर्थ रहेको छ । एकरुपता र एकमत पाइँदैन । यधपि बोलिँदा र लेखिँदा विभिन्न नाम र विशेषणको प्रयोग गरिए पनि यस्को अर्थ र प्रयोग भने एउटै विषयमा एउटै प्रसंगमा केन्द्रित भएको पाइन्छ ।
समग्रमा गाउँ बस्तीबाट भूतप्रेत पिचास हटोस्, बालीनाली राम्रो होस्, पशुचौपायालाई रोग महामारी नलागोस्, मौरीको घार, माछाको कूर बढोस्, गाउँमा अमनचयन कायम होस्र भनी दोष दोखालो मन्छाएर गाउँलाई दुख दिने स्यागीमोगी, ह«ाँह्री, जंगली जनावार र अन्य कुनै पनि शक्तिलाई गाउँ÷टहो कटाएर गाउँ सुरक्षित राख्न भनी गरिने पूजा ट्हों टहें हो ।
विधि
गुरुङ गाउँ बस्तीहरुमा गाउँको ठूलाठालु, अग्रजहरु (अहिलेको शब्दमा नागरिक समाजको अगुवाहरु) र पैंडी (गुरुङ ज्योतिषी) को सल्लाहमा ट्हों ट्हें मनाउने दिन तय गरिन्छ । ट्हों टहें मनाउने दिन विशेषत ः चैत्र र श्रावणको महिनाको पहिलो वा अन्तिम शनिवार तोक्नुपर्ने हुन्छ । छेंसु (शुक्ल पक्ष)मा मात्र दिन तोकिन्छ । सिंसु (कृष्ण पक्ष) मा ट्हों टहें गर्ने प्रचलन छैन । श्रावणको पूजालाई उधौली र चैत्रको पूजालाई उभौली पनि भनिन्छ । लमजुङतिर चैत्र, श्रावण र कात्तिकमा पनि गाउँलाई अनिष्टाबाट जोगाउन टहों टहें गर्ने चलन रहेको छ । दिन किटान भएपछि घोक हालेर गाउँले सबैलाई सूचित गरिन्छ । अघिल्लो दिन गाउँ, गल्ली, बाटोपाटो, पधेँरो, चौतारो आदि सफा गरिन्छ । उक्त दिनमा नास प्रिबा (गाउँ बार्ने) गर्नु पर्दछ । गाउँ बार्दा खनजोत, मेलापात, ढिकीजाँतो गर्नु हुँदैन । कसैले अटेरी गरी हालेमा देवता रिसाएर गाउँमा अनिष्ट गराउछ भन्ने जनविश्वास छ । गाउँको चारै दिशा पूर्व, पश्चिम, उत्तर र दक्षिणमा ‘तिब्र्रु’ (भक्याँलो) ‘च्याँर्बाे’ (पैँयु), भलाया नैरे (कुकुर दाहिने) र “माम्हे” (रानीझार) को प्रवेशद्धार कसैलाई स्वागत गरिने झैँ निर्माण गर्छन् । तर यो स्वागत नभै प्रवेश निषेधाज्ञाको सूचकको प्रसंगमा व्याख्या गरिन्छ । यसलाई “छ्याँगु” भूतप्रेत पिचास प्रवेश निषेधद्धार पनि भनिन्छ । त्यसैले उक्त द्धारमा भक्यौलाको काठको खुर्पा, खँुडा, तरबार, धनुँषवाँण र महिलाको योनीकारको काठ र पुरुषको लिंगाकारको काठ बनाएर अंगारको कालो र भालेको रगत पोतेर झुन्डाइन्छ । हतियार प्रदर्शनले गाउँ हतियारले सुसज्जित छ भन्ने सन्देश दिएर भूतप्रेतको मनोबल कमजोर बनाएर गाउँ प्रवेश हुन नदिने र योनी र लिंगाकारको प्रदर्शनले अश्लिल र छाडापन देखाएर प्रवेश निषेध गर्न खोजिएको भन्ने जनश्रुति छ । पूजाकै क्रममा सहभागी युवाहरु (मामैई) रानीझारमा सिंगारिएर, मुकुण्डो लगाएर, भक्यौलाको काठबाट बनेको तरबार, खँुडा, खुकुरी, धनुषवाँण, सिस्नु, खेलाउँदै, कराउँदै, सुसेल्दै, बजाउँदै, नाँच्दै, धूपधुवाँरी गर्दै, गाउँबाट भूतप्रेत धपाउने÷लखेट्ने गर्छन् ।
शरीरभरि रौंले ढाकिएको कानमा मुखमा पनि ठाडो परेको रौँ भएको र अजंगको शरीर भएको माथिदेखि झर्ने खोला, बाढी पैह्रो र विशाल ढुंगामुढालाई तलैबाट रोक्न सक्ने अदम्य शक्ति भएको भूत जस्ले दिनहँु एउटा मान्छे सिँगै खाने गथ्यो । प्रत्येक साँझ भूतले कसलाई खाने हो ? अशान्त र कोलहालमय हुन्थ्यो । पछि लोचन नाम गरेको व्यक्तिले उसको आफ्नै तप र जपको माध्यमबाट भूत मार्न सफल हुन्छ । मारेको प्रेतात्मा सधैँको लागि धपाउन, प्रत्येक रात मान्छे खाने भूतलाई मार्न सफल भएको अवसर पारेर विजयोत्सवको रुपमा पनि ट्हों टहें मनाउन शुरु गरेको हो भन्ने किंवदन्ती पाइन्छ ।
सोंपाल तमु समाज पोखराले मनाउन शुरु गरेको ट्हों टहें तमु धिं कास्की (हाल नेपाल) को पहलमा पोखराको तमु संघ÷संस्थाहरुले संयुक्त रुपमा मनाउँछन् । विगत केहीवर्र्ष यता काठमाडौँमा तमु युवा संघको सकृयतामा टहों टहें मनाउँदै आएको छ । र, तमुधिं बेलायतको सकृयतामा बेलायतमा पनि विगतका वर्षदेखि टहो त्हें मनाउन थालिएको छ ।

सान्दर्भिकता
गुरुङ आफ्नो थलोकिलोबाट पोखरा, काठमाडौँ हुँदै विश्वको कुनाकुनासम्म फैलिएका हुन् । नयाँ ठाँउ नयाँ परिवेश पृथक जनपद्धतिको अभ्यासमा जुटेका हुन् । परम्परागत रुपमा मनाउँदै आएको चलनचल्तीलाई नयाँ कोणबाट व्याख्या र परिभाषित गर्न थालिएको छ । गाउँलाई सुरक्षित र शान्त राख्न सुरु गरिएको ट्हो. ट््हें यतिखेर भ्रष्टचार, हत्या हिंसा, ढिलासुस्ती, सामाजिक कुरिती, विकृती आदीको विरुद्धको सचेतनामूलक कार्यक्रम र राज्यसत्ताबाट भएको विभेद विरुद्धको सशक्तिकरणको माध्यम भएको छ । साथै जातिय र शक्ति प्रदर्शन गर्ने मञ्चको रुपमा मनाउने नयाँ अभ्यास र प्रयोगको रुपमा विकसित गरिदै छ । नेपालीहरुले बेलायतमा स्थायी बसोबास थालेकोले बेलायती जनजिवन सुखमय शान्तिमय र समृद्ध बनाउन बेलायतमा संचालन भइरहेको उधोग, व्यापार र व्यवसाय सफल बनाउन र बेलायती राज्य सत्तामा सहज पहुँचको व्यवस्था गर्न ट्हो ट्हे कोसेढुंगा साबित हुन सक्छ । साथै साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण र संवद्धन गर्दै नेपालको पर्यटन उधोगलाई पनि प्रवद्धन गर्न विशेष कार्यक्रम पनि भएको छ ट्हो ट्हें ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09