ताजा खबर

गुरुङहरुलाई मुख्य मन्त्रीको प्रश्न समय बदलिदा तिमीहरु किन नबदलेको ?

   २६ चैत्र २०७५, मंगलवार १९:००      4,713 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङहरुले खाने लगाउने सबै कुराको नक्कल गर्न जानेको तर राजनीतिको नक्कल गर्न नजानेको बताउनु भएको छ । तमू धिं नेपालका आयोजनामा आज पोखरामा सम्पन्न भएको ट्होंटे पर्वलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

समयसँगै मुलकमा धेरै परिवर्तन भएको थुप्रै खाले राजनीतिक घटनाक्रमहरु घटी सकेता पनि गुरुङ समुदायमा आफूले सोचेको जस्तो परिवर्तन नआएको उहाँको भनाई छ ।

गुरुङहरुको निधारमा सधैं बन्दुक बोक्न मात्रै नलेखेको भन्दै उहाँले गुरुङहरुले हङकङक बेलायतमा गएर पोखरामा बनाउने जस्तो घर नेपालमा सुब्बा अधिकृत तहका कर्मचारीले पनि बनाएकोले अब बन्दुक र विदेशको मानसिकता त्यागी दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशको मुख्य मन्त्रीको हैसियातले आफूले यस प्रदेशको नाम तमूवान राख्न नसकेकोमा गुरुङ समुदायले आफूसँग चित्ता दुखाएको भन्दै उहाँले आफू गुरुङ समुदायको मात्रै मुख्य मन्त्री नभएर सबै समुदायको मुख्य मन्त्री भएको कारण कतिपय कुरामा बल पुगेर पनि काम गर्न नसकेको भन्दै अब एउटै कुरामा चित्ता दुखाएर नबस्न समेत उहाँले आग्रह गर्नुभयो ।

तमूवानको मुद्धा तमू समुदायले भन्दा आफूले पहिला बुझेर पहिलो संविधानसभामा पार्टीको ह्वीव समेत लत्याएर संर्घष गर्दै संविधानसभामा आफूले ककसको नेतृत्व समेत गरेको र त्यो आन्दोलन सफल नभएपछि पहिलो संविधान सभाको विघठन हुनुलाई आफूले कालोदिनको रुपमा लिएको बताउनुभयो ।

आफू नेपालको ७ वटा प्रदेश मध्ये गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेशको रुपमा विकास गर्ने उद्घोषका साथ अघि बढेको भन्दै आफनो अभियानमा साथ दिन गुरुङ समुदायसँग उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई आदिवासी जनजाति समयन्वय परिषद कास्कीका अध्यक्ष धर्म गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था, फोनिजका गण्डकी प्रदेश संयोजक तथा तमू धि नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

ट्होंटे पर्व संयोजक मेनकाजी गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रम तमू धि नेपालका अध्यक्ष कर्म तमूको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव गिरीप्रसाद तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसअघि पोखरा विरौटा स्थित तमू ह्युलचोकबाट झाँकी सहित शुरु भएको रयालीले पोखराको विभिन्न भाग परिक्रमा गर्दै तमू धि नेपाल नयाँबजारमा आइपुगेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284