ताजा खबर

गुरुङ ईतिहास बुझ्न सिक्लेस जानू सांसद गुरुङ, क्होइबो निर्माणलाई ७० लाख संकलन

   ८ बैशाख २०७६, आईतवार ०७:३२      2,882 views

देबीजग तमु

गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले कास्कीको पर्यटकिय गाउँ सिक्लेस गुरुङको मौलिक संस्कार , संस्कृति र परम्पराले ऐतिहासिक गाउँ भएको बताएको छ ।

मादी १ रिसफ्लु सिक्लेसमा निर्माणाधीन चिली (सिक्लेस) क्होइबोको शिलान्यास गर्दै सांसद गुरुङले गुरुङहरुको पुरोहित पच्यु, ल्हौउरी सिक्न सिक्लेस जानूपर्ने भन्ने मन्यता आम गुरुङ समुदायमा रहेको भन्दै सिक्लेस क्होइवो निर्माणवाट यस बिश्वासलाई थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सिक्लेसमा गुरुङको इतिहास खोज्दै गयो भने पाउने तर नदेखिने अवस्थामा रहेको बेला सिक्लेस क्होइबोवाट सिक्लेसको महत्व बढ्ने बताउनुभयो ।


यसैबीच चिली क्होइवो निर्माणको लागि करिव ७० लाख संकलन भइसकेको छ । क्होइवो निर्माणको लागि सिक्लेस घर भई पोखरा लालीगुरासटोल निबासी नन्दराज गुरुङको परिवारले वावा र आमाको स्मृतिमा १० लाख २५ हजार, निर्माण समितिका प्रमुख एबम परिकल्पनाकार बल बहादुर गुरुङले १० लाख १० हजार ९ सय ५ रुपैया, तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष पम वहादुर गुरुङले आफ्ना बाबा आमाको स्मृतिमा नगद १० लाख १० हजार ८ सय ७० सहयोग गर्नुभएको छ ।

आर्थिक संकलन समितिका कोषाध्यक्ष फिम वहादुर गुरुङका अनुसार नगद १ देखि १० हजारसम्म सहयोग गर्नेहरु ३४ जना, १० हजारदेखि १५ हजारसम्मा सहयोग गर्नेहरु २० जना, १५ हजारदेखि २५ हजारसम्मा सहयोग गर्नेहरु ११ जना, २५ हजारदेखि ५० हजारसम्मा सहयोग गर्नेहरु ७ जना , ५० हजारदेखि १ लाखसम्मा सहयोग गर्नेहरु ८ जना र १ लाख भन्दा बढि सहयोग गर्नेहरु २८ जना भएका छन् ।

क्होइवो करिब १ करोड ३० लाखको लागतमा निर्माण हुने निर्माण समितिका प्रमुख बल बहादुर गुरुङले जानकारी दिनुभयो । तमु प्ये ल्हु संघ क्होइवो निर्माण समिति सिक्लेसका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष पम बहादुर गुरुङ, मानवशास्त्री पोलबहादुर गुरुङ र निर्माण समितिका उपाध्यक्ष इच्छाबहादुर गुरुङ लगायतले वोल्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284