ताजा खबर

गुरुङ गीतमा नयाँ इतिहास कायम ए ङोल्स्यो गीतले पायो १० लाख दर्शकको माया

   १४ असार २०७६, शनिबार २२:५६      2,783 views

मुनाल फिल्स् प्रा.लि.को व्यानरमा निर्माण भएको गुरुङ भाषाको चलचित्र मैरिमो (सम्झि रहेछु) मा समावेश रहेको ए ङोल्स्यो ए ङोल्स्यो हुईमारे पोमिनो…बोलको गीतले युटबमा १० लाख भ्युओसर्् पुगेको अवसरमा आज खुसीयाली मनाएको छ ।

चलचित्रको निर्माण पक्षले आज पोखराको चिप्लेढुङ्गा स्थित झल्को क्याफेमा एक कार्यक्रमको आयोजना गरि केक काटेर आफनो कलाकार, प्राविधिक र पत्रकार माझ खुसी साटासाट गरेको छ ।
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गायक मनोज गुरुङले ए ङोल्स्यो बोलको गीत गाएर शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा गीतका सर्जक गीतकार तथा पत्रकार आश गुरुङ, संगीतकार तेजन्द्र गुरुङ र गायक मनोज गुरुङलाई चलचित्रका कार्यकारी निर्माता बालकाशी गुरुङले फेटा लगाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको बारेमा आफनो भनाई राख्दै कार्यक्रमका अध्यक्षता गर्नुभएका चलचित्र निर्देशक भोजबहादुर गुरुङले नेपाली गीतहरु एक रातमै लाखौ दर्शकहरुले हेरेता पनि गुरुङ गीतहरु भने त्यस्तो अवस्थामा अझै पुग्न नसकेको अवस्थामा मैरिमोले एउटा नयाँ इतिहास कायम गरेको भन्दै यो खुसी आफनो मात्र नभएर सारा गुरुङ समुदायकै खुसी भएको बताउनु भयो ।

अहिले पहिलो चरणमा गीतकार, गायक तथा संगीतकारलाई मात्र आफुहरुले सम्मान गरेको भन्दै आउने दिनमा गीतले २० लाख दर्शकको माया पायो भने फेरि कलाकारहरु दोस्रो चरणमा सम्मान गरिने बताउनु भयो ।

गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका महासचिव तथा मैरिमो चलचित्रका नायक गमन घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक तेजेन्द्र गुरुङ, गायकहरु मनोज गुरुङ, सरुन गुरुङ, केश गुरुङ र गायिका द्धय देवी गुरुङ र बालकाशी गुरुङले विभिन्न गीत संगीत प्रस्तुत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284