
गुरुङ छाचोकमा चैते दशै मेला सम्पन्न
मादी गाउँपालिका ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
मादी गाउँपालिका ७ छाचोकमा चैते दशै मेला सम्पन्न भएको छ। छाचोक सिर्जनशिल युवा क्लब छाचोकले आयोजना गरेको मेलाको एक समारोहका विच कार्यक्रमका प्रमुख अतिथि मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ (एल बी) ले रिबन काटेर उदघाटन गरेका थिए ।

सो अबसरमा उहाँले युवा जनशक्ती नै रास्ट्र निर्माणको मुख्य आधार भएको हुदा युवा क्लबहरुले खेलकुद लगायत सिर्जनात्मक र रचनात्मक कार्यक्रममा युवाहरु सहभागी गराई स्वाधिन र अत्मनिर्भर समाज निर्माणमा साथ दिनुपर्ने बताउँदै तबमात्र देशले काचुली फेर्दै रास्ट्र समृद हुने बताउनु भयो ।

कार्यक्रममा समाजसेबी दानबहादुर गुरुङ, जगत गुरुङ, बुद्धिबहादुर गुरुङ, मुक्तबहादुर गुरुङ, गुन्जबहादुर वाई सि एल मादी गा पा उपाध्यक्ष दुर्गा गुरुङ , पदम गुरुङ, मीन प्रसाद गुरुङ, नरदेबी गुरुङ, कमला गुरुङ दिनेस गुरुङ, रामजंङ गुरुङ लगायायतका अतिथीहरुको उपस्थीती रहेको थियो ।
१० टिम सहभागी भलिबल खेलमा शिल्दु जनसेबा युवा क्लबले आयोजक छाचोक सृजनशिल युवा क्लबलाई ३, १ को सेटमा फाईनलमा पराजित गरी उपाधी जिदै चैते दशैमेला २०७५ को शिल्ड सहित मेडल, प्रमाण पत्र, नगद हात पारे ।

दोश्रो भएको आयोजकले मेडल, प्रमाण पत्र, नगद प्राप्त गरे, उत्कृष्ट खेलाडी सिर्जनशिल युवा क्लब छाचोकका दिपेश गुरुङ चुनिदै ट्रफी सहित नगद र प्रमाण पत्र हात पारे।
छेलो प्रतियोगितामा बिजय हुनु भएका नयाँगाउँका पौबहादुर बि क लाई फेटा, मेडल , प्रमाण पत्र र नगद सहित सम्मान गरिएको थियो । छेलो प्रतियोगितामा दोश्रो वीर बहादुर राना मगर हुँदै मेडल , प्रमाण पत्र र नगद प्राप्त गरे। कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने

सहयोगदाताहरुलाई क्लवले सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन युवा समाजसेबी माछापुचकार्यक्रम को सन्चालन युवा समाजसेबी माछापुच्छ्रे बैकका मादी ७ प्रतिनिधी कर्म गुरुङले गरेका थिए भने क्लबका अध्यक्ष बुद्ध गुरुङले अध्यक्षता गरेका थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26