
गुरुङ जातिको ऐतिहासिक थलो लमजुङको भुजुङ सरसफाई गाउँ घोषणा
आश गुरुङ, लमजुङ
लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ (साविकको भुजुङ गाविस) पूर्ण सरसफाई गाउँ बनेको छ ।
सरसफाईका ६ वटा सूचक पूरा भएपछि भुजुङलाई बुधबार धुमधामका साथ पूर्ण सरसफाई गाउँ घोषणा गरिएको छ । गाउँलाई सरसफाई गाउँ घोषणा गर्न गाउँ बीचमा रहेको ठा“टीमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

गाउ“लाई पूर्ण सरसफाई गाउँ घोषणा गरी नाचगान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले सफा गाउँ नै पर्यटनको आधार भएको बताए ।
सरसफाईलाई पर्यटनसंग जोड्नुपर्ने धारणा राख्दै उनले सफा गाउ“ पर्यटकले रुचाउने भएकाले सरसफाईमा सवै एकजुट हुनुपर्ने बताए । पर्यटन समृद्धिको आधार भएको र पर्यटन प्रवद्र्धनमा सरसफाई अत्यावश्यक रहेको उहा“ले बताउनुभयो
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले स्वास्थ्य, सरसफाई र वातावरणमा समृद्धि ल्याउनुपर्ने बताए । ‘वातावरणीय सरसफाईमा गाउ“पालिकाको चासो छ । हामीले योजना बनाएर अघि बढेका छौं’ उनले भने ।

एक्याप केन्द्रीय आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरसफाई अत्यावश्यक रहेको बताए । ‘हामीले एक्याप क्षेत्रभित्रका सवै ठाउ“मा सरसफाई अभियान थालेका छौं । सरसफाईयुक्त गाउँ बनाएर पर्यटकीय गाउँ बनाउने नागरिकको अभियानमा हाम्रो सहयोग छ’ उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले नागरिकका स्वास्थ्य ईज्यतसंग जोडिने भएकाले गाउँलाई सुन्दर बनाउन सरसफाई निरन्तरता दिनुपर्ने बताए । सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाइ“ले सफा खाना र सफा वातावरणले मानिस निरोगी बन्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि रघुनाथ गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, लालीगुरा“स युवा क्लवका अध्यक्ष नौराज गुरुङ, युम्बो विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडाअध्यक्ष खिमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार हिजोआज ब्यक्तिगत तथा वातावरणीय सरसफाईमा गाउँले अघि बढेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँमा स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले सफा र स्वच्छ घर अभियान संचालन गरेको हो ।

अभियान अन्तर्गत भुजुङमा रहेका करीब ४ सय घरधुरीमा सरसफाईका सूचक पूरा भएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए ।
उनका अनुसार सरसफाईका सूचकअनुसार स्थनीयले शौचालयको प्रयोग, सावुनपानीले हात धुने बानी, सरसफाईयुक्त खाना, स्वच्छ पिउने पानी, घरआ“गनको सरसफाई र वातावरणीय सरसफाईमा ध्यान दिएका छन् ।
क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले गाउँपालिक ाको ९ वडामध्ये भुजुङसहित ३ वडा पूर्ण सरसफाई गाउँ घोषणा भइसकेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बामदेव पौडेलले जिल्लालाई खुला दिसामुक्त बनाएसंगै सरसफाईको अभियानलाई तीब्र पारिएको बताए ।

सरसफाई सम्बन्धी १४ बु“दे घोषणापत्रलाई निरन्तरता दिएमा ब्यक्ति र समुदाय सधैं सफा रहिरहने उनले बताए । उनका अनुसार क्व्होलासोंथर गाउँपालिकाका ३ र मस्र्याङदी गाउ“पालिकाका एउटा वडा पूर्ण सरसफाई वडा घोषणा भइसकेको छ । कूल ७५ वटामध्ये बा“की वडामा अभियानका साथ सरसफाई का कार्यक्रम भइरहेको उनले बताए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26