
गुरुङ पर्यटन व्यवसायी संघको अध्यक्षमा अम्बिर गुरुङ सर्वसम्मत
काठमाडौमा हिजो सम्पन्न गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन)को दोस्रो अधिवेशन तथा सातौं वार्षिक साधारण सभाबाट अम्बिर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । यसअघिको कार्यसमितिमा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ईश्वर गुरुङ, द्धितीय उपाध्यक्षमा पिताम्वर गुरुङ, महासचिवमा किसन गुरुङ, सचिवमा बाबुराम गुरुङ, कोषाध्यक्षमा बिन्दु गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा महाविर गुरुङ, अबिनाश गुरुङ, अम्बिर गुरुङ (ईलाम), दिल गुरुङ, धनबहादुर गुरुङ, रेणुका गुरुङ र दिलु गुरुङ रहनुभएको छ । त्यस्तै जीटीन पोखराबाट एक जना र कार्यसमितिले १ जना गरी २ जनापछि मनोनित गरिने छ ।
संघीय सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. गणेश गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तबीर लामा, नेपाल फ्रेड फर्वाडर्स एसोसिएशनका अध्यक्ष प्रकाशसिंह कार्की, नेकपा उद्योग तथा विशेष जिल्ला कमिटीका अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा जीटीनका संस्थापक अध्यक्ष तथा एनएमएका महासचिव कुलबहादुर गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ, डा. टेक गुरुङ, डा. गणेश गुरुङ, सुनारबाबु गुरुङ, नारायण कोने, पर्यटन व्यवसायीहरु धनबहादुर गुरुङ, लक्ष्मी गुरुङ, देवकी गुरुङ र रुपचन्द्र गुरुङलगायतलाई सम्मान गरेको थियो ।
त्यस्तै पत्रकारिताको माध्यमबाट योगदान पुरयाएको भन्दै लाला गुरुङ र सारदा थापालाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ भने गुरुङ समुदायबाट विभिन्न संघसंस्थामा निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको छ ।

सोही अवसरमा सगरमाथा आरोहीहरु सुमन गुरुङ, पुर्णबहादुर गुरुङ, इमान गुरुङ, अनुप गुरुङ, विशबहादुर गुरुङ, प्रकाश गुरुङ, विरबहादुर गुरुङ, विष्णु गुरुङ, छिमी लेन्दुक गुरुङ, आषिश गुरुङ, रमेश गुरुङ, कर्मा टासी गुरुङलाई पनि सम्मान गरिएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26