ताजा खबर

गुरुङ भाषा प्रसारण दिवस पहिलो पटक पोखरामा मनाए

   २ भाद्र २०८२, सोमबार १५:०३      231 views

गुरुङ भाषा प्रसारण दिवस पहिलोपटक पोखरामां मनाएको छ । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको आयोजना र तमु धीं नेपालको सहकार्यमा दिवस माएको हो । रेडियो नेपालमा २०५२ साल भदौ १ गते पहिलो पटक तमु (गुरुङ) भाषा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै तमु सञ्चारकर्मी संघ नेपालले तमु धीं नेपलमा गुरुङ भाषा प्रसार दिवसर मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा सञ्चारकर्मी अनिता गुरुङलाई सम्मान गरिएको थियो । गुरुङले वि.सं २०६४ साल असोज २४ गते विहाबार नेपाली छापा माध्यममै पहिलो पटक तमु (गुरुङ) भाषामा नेपालको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा तमु समुदायसंग सम्बन्धित सामाग्री प्रकाशनमा पृष्ठ संयोजकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ तमु सञ्चारकर्मी संघ नेपालको संस्थापक हुम गुरुङले तमु भाषा मन्तव्य व्यक्त गर्दै भाषामालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै तमु सञ्चारकर्मी संघलाई थप कार्यक्रम सञ्चालन गर्नमा जोड दिनुभयो । त्यस्तै संस्थापक तथा रेडियो नेपालका प्रादेशिक प्रसारण गण्डकी प्रदेशको प्रमुख शान्ति गुरुङले तमु समुदायहरु सरकारी सञ्चार क्षेत्रमा नगन्य मात्रमा रहेको बताए ।

त्यस्तै सञ्चार क्षेत्रमा नयाँ पुस्ताहरुको कमी रहेको जनाए । तमु समुदायहरु अवरहरु हुँदा हँुदा पनि अवसरको सदुपयोग नगरेको बताए । त्यस्तै सम्मानित अनिता गुरङले गण्डकी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा पारित भैसकेको छ, यसलाई कार्यान्वयन गर्नको लागी सम्पूर्ण तमु समुदायहरु एक भएर लाग्नुपर्ने बताए । यो विषय कार्यान्वय गर्न त्यति सजिलो छैन यसलाई सबै जना मिलेर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय डा. टकराज गुरुङले “हिजोको मुलुक निर्माणमा छुटेका बर्गहरुलाई अहिलेको संविधानले व्यवस्था ल्याएको केही व्यक्तिहरुले महसुस पनि गरेको छ । समाजमा केही त्यस्ता व्यक्तिहरु हुन्छन् जसले समाज मिलेर बसेको हेर्न चाहदैन । केही नकरात्मक व्यक्तिले नकरात्मक व्यक्तिहरुले शासन सत्ताको भ्रम फैलाएका छन् । यो संघियता, संघियता भित्रको धर्मनिरपेक्षता, यो भित्रको प्रादेशिक संरचना छ, संघिय संरचना अथवा एउटै भुगोल एउटै नागरिक तिन तहको सरकारले शासन गर्नेे व्यवस्था संसारको संबैभन्दा समावेशि समानुपातिक सहभागीता, सवै महिला, जाती जनजाति दलित, अल्पसंख्या सवैलाई राज्यको निर्णयक तहमा भिआईपीका साथ प्रतिनिधित्व गराउने यो शासन व्यवस्थाको बारेमा हामी सवैले बुझ्न जरुरी छ । यो शासन, यो संविधान बचाउने हामी सवैको कर्तव्य हो ।” त्यस्तै “यो भित्र रहेको समस्य ढिलासुस्ती रहेको छ भने यो संविधानले निरिक्षण गरेर हामी अगाडी वढाउन सक्छौ । केही व्यक्तिहरुले प्रदेशकि संघिय संरचनको कारणले आर्थिक रुपमा मुलुक बोझिलो भयो भनिरहेको छ । हामी आफु आफैलाई सोचौ हामी बाहिरी मुलक संग तुलना ग¥यो भने हामी तुलनात्मक रुपमा पछाडी पर्छाैं तर हामी पछिल्लो समयमा मुलुकले कोल्टो फेरेको” भन्नुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरु, तमु समुदायका संस्थाहरुको उपस्थितीमा तमु भाषालाई जोड दिदै कार्यक्रम सञ्चालन तथा शुभकामना मन्तव्यहरु व्यक्ति गरिएको थियो । त्यस्तै कार्यक्रममा सञ्चार कर्मी संघ अध्यक्ष लाल गुरुङको अध्यक्षतामा रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङले तमु क्यूई (गुरुङ भाषा)मा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284