
गुल्मी जीप दुर्घटना अपडेट : एक जनाको ज्यान गयो, चार घाइते
गुल्मी – शुक्रबार साँझ भएको जीप दुर्घटनामा परि गुल्मीमा एक जनाको ज्यान गएको छ । चार जना घाइते बनेका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिकावाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु २ च ५४७५ नम्बरको जीप गुल्मी दरबार गाउँपालिका–३, अन्तर्गत गौडाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि जीप चालक अर्घाखाँची छत्रकोट गाउँपालिका ७ का ४८ वर्षीय हरिप्रसाद पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । दुर्घटनामा परि घाइते भएका पाण्डेको उपचारको क्रममा पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
दुर्घटनामा रेसुंगा नगरपालिका निवासी दिपक विक, शेरबहादुर विक, बजिन्द्र विक र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते चारै जनाको पाल्पामा उपचार भैरहेकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00