गोठादीका पहिरोपीडितलाई मगर संघको १ लाख ३८ हजार सहयोग
पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट, गोठादीका पहिरो पीडित परिवारलाई नेपाल मगर संघ अन्तर्गतका विभिन्न समितिले १ लाख ३८ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
गोठादीको पहिरोमा परी टंकबहादुर थापामगरको एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए ।

मंगलबार १३ औं दिनको पुण्यतिथिका अवसरमा मृतकका परिवारलाई सो सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, गण्डकी प्रदेश समितिकी उपाध्यक्ष तारामाया थापामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर, पोखरा महानगर समितिकी कोषाध्यक्ष पदमकुमारी थापामगर, कालिकानगर इकाईकी कोषाध्यक्ष अरुणा आलेमगर लगायतले नेपाल मगर संघ, सराङकोट इकाई समितिका अध्यक्ष एवम् विपद् व्यवस्थापन समितिका संयोजक सञ्जीव थापामगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
आर्थिक सहयोग रकम हस्तान्तरणपछि बोल्दै संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगरले शोकलाई शक्तिमा बदल्न परिवारजनलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको महामारीसँगै प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएको भन्दै काउछामगरले यस्तो बेला सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।
संघकी गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले प्राकृतिक विपत्तिबाट बच्न पूर्व सजगता अपनाउनुपर्ने बताउँदै अव्यवस्थित विकासले विनाश निम्त्याउन थालेको उल्लेख गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38