
घलेलमा २०औं ल्होसार/ल्होछार उत्सव जारी
तस्विर सौजन्य सुरज गुरुङ
कास्कीको माछापुच्छे« गाउँपालिकामा अवस्थित पर्यटकिय गाँउ घलेलमा २०औं ल्होसार÷ल्होछार उत्सव जारी रहेको छ ।

गत पुस १५ गतेदेखि शुरु भएको उत्सबमा हिजो बिद्यालय स्तरिय छात्र/छात्रा भलिबल, हाजिरीजवाफ, श्रुती लेखन तथा हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ ।
माछापुच्छे« गाउँपालिका ८ र ९ मा क्रियाशिल बौद्ध सिर्जना युवा क्लबको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा छात्र भलिबल प्रतियोगिता तर्फ गौरी शंकर मनिलाल माबि प्रथम र जनजागरण आधारभुत बिद्यालयले दित्तिय स्थान हासिल गरेको बमबहादुर घलेल आधारभुत बिद्यालयका प्राध्यानाध्यपक तथा क्लबका सचिब दुर्गा कुमारी गुरुङले जानकारी दिईन ।
उनका अनुसार छात्रा तर्फ संगम अङ्ग्रेजी बोर्डिङ स्कुल बिजेता र बाराही आधारभुत बिद्यालयल उपबिजेता बन्यो ।

हाजिरीजवाफ तर्फ १० बिद्यालयको सहभागिता रहेको बताउदै गुरुङले बमबहादर घलेल आधारभुत बिद्यालय प्रथम, महेन्द्र माबि लाहाचोक द्धित्तिय र बराह माबि भेडाबारी तृतीय बनेको बताईन ।
त्यस्तै १३ बिद्यालयको सहभागिता रहेको श्रुती लेखनमा बमबहादुर घलेल आधारभुत बिद्यालयका अस्मीता परियार प्रथम, संगम अङ्ग्रेजी बोर्डिङ स्कुल नयांपुलका रोशनी गौतम द्धित्तिय र गौरी शंकर मनिलाल माबिका गंगा तामाङ, तारे बराह आधारभुत बिद्यायल लुमे्रका सलिना गौतम र ईन्द्रेणी आधारभुत बिद्यालका सुदिप ढुङ्गाना तृतीय बने ।
त्यसैगरी हिसाब दौड प्रतियोगिता तर्फ संगम अङ्ग्रेजी बोर्डिङ स्कुलका सोनिका पोखरेल प्रथम, ईन्द्रेणी आधारभुत बिद्यालय ओखरीका सुदिप ढुङ्गाना द्धित्तिय र गौरी शंकर माबिका प्रिया गुरुङ तृतीय बनेका थिए ।

गुरुङका अनुसार बिजेता उपबिजेता बिद्यार्थीहरुलाई कापी र कलमले समाजसेवी गुप्त बहादुर गुरुङद्वारा पुरस्कृत गरिएको थियो भने भलिबल तर्फको पुरस्कार २२ गते समापन समारोहका बिच प्रदान गरिनेछ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26