ताजा खबर

घाचोकमा हुने फोनिजको राष्ट्रिय भेलाको तयारी सम्पन्न

   ६ फाल्गुन २०७५, सोमबार २२:०४      2,955 views

मंगलवार अर्थात फागुन ७ गते अपरान्ह ३ बजे पोखरा सभागृहबाट राष्ट्रिय भेलाका लागि घाचोक प्रस्थान गर्ने कार्यक्रम रहेको फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले जानकारी दिनुभयो।

प्रदेश नं.४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुहुने भेलामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का संघीय समिति, विभिन्न विभागिय समितिहरु, आवद्ध जातिय प्रत्रकार सगठनहरु, प्रदेश समिति, जिल्ला शाखा अध्यक्षहरु गरी करिब एक सय जना सहभागीता हुने आयोजक समितिले जनाएको छ। भेलाको औपचारिक उद्घाटन बुधवार अर्थात फागुन ८ गते विहान मुख्यमन्त्री गुरुङले गर्नुहुने भएको छ।

माछापुच्छ«े गाउपालिका एवं घाचोक गाउको प्रचार प्रसार, समृद्धिका लागि मंगलवार नै माछापुच्छ«े गाउपालिकाको समृद्धि, सञ्चार माध्यम र आदिवासी जनजाति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रदेश इञ्चार्ज हुमबहादुर तमुले जानकारी दिनुभयो। गाउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा हुने अन्तरक्रिया कार्यक्रम मार्फत माछापुच्छ«े एवम घाचोकको प्रचार प्रसार, विकास र समृद्धिका लागि योगदान पुग्ने अपेक्षा गरिएको छ।

आदिवासी जनजाति पत्रकारहरुको कार्यक्रम आदिवासी जनजाति कै बस्तीमा समुदायसँगै गरिदा अत्यन्तै सान्दर्भिक र आवाश्यकता पनि भएकाले शहरमा होइन आदिवासी जनजाति बस्तीमा नै गर्ने अभियान अन्र्तगत गुरुङ, मगर र शिल्पी समुदायको बसोवास रहेको पोखराबाट करिब १४ किमी उत्तरमा रहेको पर्यटकीय घाचोक गाँउमा राष्ट्रिय भेला गरिने भएको हो।

फागुन ९ र १० गते पोखरामा हुने नेपाल पत्रकार महासंघको विधान सम्मेलनमा फोनिजको अवधारणा प्रस्तुत गर्न ७ र ८ गते घाचोकमा हुने फोनिजको राष्ट्रिय भेलामा विशेष छलफल हुने प्रदेश इञ्चार्ज तमुले जानकारी दिनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284