
घान्द्रुक समाज रेडिङका पूर्व अध्यक्ष लक्षिनबहादुर गुरुङको कोरोनाबाट यूकेमा निधन
लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ ।

कास्कीको घान्दु्रक घर भई हाल बेलायतको रेडिङ बस्दै आउनु भएका लक्षिनबहादुर गुरुङको आज बिहान निधन भएको हो । उहाँका भाञ्जा कमल गुरुङका अनुसार, उहाँ विगत १८ दिनदेखि रेडिङ स्थित बक्सायर अस्पचालमा उपचाररत रहनु भएको थियो । उपचारकै क्रममा आज बिहान निधन भएको उहाँले बताउनु भयो ।
६५ वर्षीय लक्षिनबहादुर गण्डकीका चर्चित फुटबल खेलाडी समेत हुनुहुन्थ्यो । उहाँ घान्द्रुक समाज रेडिङका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो भने तमू धीं यूकेका आजीवन सदस्य हुनुहुन्थ्यो ।
लक्षिनको स–परिवारमा कोरोनाको संक्रमण देखिएको र लक्षिन बाहेक अन्य परिवार निको भएको समेत भान्जा कमल गुरुङले जानकारी दिनुभयो । लक्षिन श्रीमती र दुई छोरीहरुका साथमा रेडिङमा बस्दै आउनु भएको थियो ।
लक्षिनका आठ दाजुभाइ सबै ब्रिटिश गोर्खा सैनिकमा आवद्ध हुनुहुन्थ्यो । नेपालमा लक्षिनको परिवार पोखराको दीपमा बसोबास गर्दै आउनु भएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09