ताजा खबर

चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै

   १६ श्रावण २०८१, बुधबार ०९:४७      553 views

मगर संस्कृतिमा आधारित रहेर निर्माण भएको चलचित्र ‘दिलसरा’ ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ गर्ने भएको छ । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल तथा समुदायमा उदाहरणीय कार्य गर्दै आइरहेका मगर समुदायका प्रभावशाली महिला खोजी कार्यको शुरुवात गर्ने भएको हो । विभिन्न क्षेत्रमा सक्रिय रही प्रकाशमा कम आएका जुनसुकै उमेर समुहका नयाँ पुराना प्रतिभावान मगर महिलाको योगदानलाई कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।


‘दिलसरा’ विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ लान अभिप्रेरित गर्न सक्छन् त्यस्ता महिलाहरुको खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको छ ।


खोजी अभियानका संयोजक तथा ‘दिलसरा’ चलचित्र निर्माता जुना थापा मगरका अनुसार यसका लागि शिक्षा, राजनीति, समाजसेवी, उद्योग व्यवसाय, स्वास्थ्य, साहित्य, खेलकुद, सञ्चार, भाषा कला तथा संस्कृति, कृषि, पर्यटन, सूचना प्रविधि, गीतसंगीत, कानून तथा प्रशासन, सुरक्षा लगायत क्षेत्रमा रही समुदाय तथा मुलुकलाई टेवा पु¥याएका प्रभावशाली मगर महिला मध्येबाट खोजी गरिने छ ।


‘प्रभावशाली मगर महिला २०८१’ मा सहभागिता जनाउन चाहने महिलाले आफूले गरेको विभिन्न कामको विवरण सहित इच्छुकले गुगल तथा इमेल मार्फत् फारम भर्न सकिने छ । साथै फारम डाउनलोड गरेर स्क्यान गरी menokofilmsm@gmail.com मा इमेल गर्न पनि सकिनेछ । अनलाइन फारम भर्न असमर्थ भएको अवस्थामा ‘दिलसरा’ चलचित्र युनिटसंग सम्पर्क गर्न सकिनेछ । यसका लागि विस्तृत विवरण वा जानकारी आवश्यक परेको खण्डमा ९८५६०३२६५३, ९८४६०५१३४८ र ९८४६०४६७७१ मा सम्पर्क गर्न चलचित्र टिमले आग्रह गरेका छन् ।


छनोट भएका उत्कृष्ठ ‘प्रभावशाली मगर महिला २०८१’ को अन्तिम परिणाम २०८२ साल बैशाखको पहिलो साता प्रकाशित गरिनेछ । छनोट प्रक्रिया लोकप्रियता र जजराउण्डको आधारमा हुनेछ । उत्कृष्ठ महिलाका लागि उचित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्र दिलसराको निर्देशन अशोक आले मगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता प्रेम थापा मगर रहेका छन् भने निर्माता हर्क आले मगर, जुना थापा मगर तथा मिना थापा मगर रहेका छन् । कथा जुना थापा मगर र पटकथा मिना थापा मगरको रहेको चलचित्रमा नृत्य निर्देशकका रुपमा केशव आले मगर रहेका छन् । चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु) भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।


चलचित्र पोखरा महानगरपालिकाको वडा नम्बर २१ मा रहेको निर्मल पोखरी र चिलाउने खर्क गाउँमा छायांकन गरिएको छ ।
उक्त चलचित्रको यही भाद्र ३ गते पोखराको सभागृह हलमा प्रदर्शन हुँदै छ भने देशव्यापी रुपमा पनि छिट्टै प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284