ताजा खबर

चलचित्र निर्माता दिनेश गुरुङ तमू समाज सिड्नीको अध्यक्षमा चयन

   ९ आश्विन २०७६, बिहीबार १५:३१      1,835 views

तमू समाज सिड्नी अष्ट्रेलियाको अध्यक्षमा चलचित्र निर्माता दिनेश गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

गत सेप्टेम्बर ७ तारिखमा सम्पन्न भएको समाजको अधिवेशनबाट दिनेश गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो ।


जसको उपाध्यक्षमा भोज गुरुङ र जीवन गुरुङ, महासचिवमा अर्जुन गुरुङ चयन हुनुभएको छ भने सचिवमा हेउपति गुरुङ, कोषाध्यक्षमा डा.समिता गुरुङ तथा साँस्कृतिक संयोजकमा भिमसम्सेर गुरुङ र महिला संयोजकमा शीला गुरुङलाई चयन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष दिनेश गुरुङ अभियान फिल्मस प्रा.लि.द्धारा निर्माण गरिएको चलचित्र युम्पो देउरालीका निर्माता हुनुहुन्छ । चितवन स्थायी घर भएका गुरुङ रोजगारको शिलशिलामा विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आउनुभएको छ ।


त्यहाँस्थित पुरानो संस्थाहरूमध्ये सक्रिय संस्थाको रुपमा तमू समाज सिड्नीले आफनो परिचय बनाएको छ । समाजले स्थापनाकालदेखि नै पुस १५ ल्होछार, बुद्ध जयन्ति आदि चार्डपर्वहरुलाई त्यहाँ रहेको हरेक नेपाली समुदायसँग हातेमोलो गर्दै मनाउँदै आएको छ ।


नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष टंक गुरुङले खादा लगाएर स्वागत तथा शुभकामना दिनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284