ताजा खबर

चलचित्र निर्माता दुर्गा गुरुङ मिलनद्वारा तमु प्ये ल्हु संघ युकेलाई सहयोग

   ६ फाल्गुन २०७५, सोमबार ०९:००      2,914 views


भेडी गोठाले चलचित्रका निर्माता तथा समाज सेवी दुर्गा गुरुङ ‘मिलन’ले आफनो चलचित्रको च्यारिटि सो बाट सङकलन भएको नगद ७५ हजार तमू प्ये ल्हु संघ युकेको क्होंइबो धिं एवं बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको सहयोगाथ प्रदान गर्नुभएको छ ।


पर्बतको बाजुङमा जन्मेर हाल हङकङलाई कर्म थलो बनाउदै आउनु भएका गुरुङले नेपालका विभिन्न ठाउँमा मिलन फाउन्डेशन मार्फत सामाजिक काम गर्दै आएको छ ।


पोखरामा आयोजित एक कार्यक्रमका बीच तमू प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ (एमभिओ)लाई गुरुङकी आमा सावित्री गुरुङले सो रकम हस्तान्तरण गर्नुभएको हो । समाजसेवी गुरुङले यसअघि आफूले निर्माण गरेको चलचित्र ‘भेडी गोठाले’को तमु प्ये ल्हु संघ युकेले युकेमा चलचित्रको विशेष प्रदर्शन गर्दा भएको आम्दानी १ हजार ५ सय पाउण्ड रकम सहयोग गरिसक्नुभएको छ ।


उहाँले घोषणा गर्नुभएको २ हजार पाउण्ड सहयोगमध्ये बाँकी ५ सय पाउण्ड अर्थात् ७५ हजार नेपाली रुपैयाँ सहयोग रकम आइतबार हस्तान्तरण गर्नुभएको हो ।


सोही अवसरमा तमू प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ (एमभिओ)लाई चलचित्र ‘भेडी गोठाले’को बेलायतमा प्रदर्शन गरी महत्वपूर्ण गरेको भन्दै चलचित्रको निर्माण कम्पनी मिलन डी.जी. इन्टरनेशनल प्रालिका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा अध्यक्ष मेजर गुरुङलाई तमुस्यो रि च्हमी परिवारले समेत स्वागत गरेको छ । आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सधैं साथ र सहयोग गरिरहने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकका लागि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले सहयोग स्वरुप १५ हजार रुपैयाँ समेत अध्यक्ष मेजर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284