
चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘अब देशमा विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका विकासका अवरोधकहरुालाई हटाएका कारण अब विकासले गति लिने बताएका छन् ।

पोखराका २३ चापाकोटमा शुरु भएको चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकहरुलाई नेपाली जनताले हटाइ सकेका कारणा अब गाउँ गाउँ सम्म विकास पुग्ने बताए । ‘पहिले विकासका वाधक राजा थिए, राजा हटायो,’ उनले भने ‘नेपालमा एउटा मात्रा सरकार थियो, अहिले गाउँ गाउँ सम्म सरकार पु¥याएका छौ ।’ उनले अब गाउँ गाउँ सम्म विकास पुग्ने छ ।
उनले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ५ लाख ७८ हजार घरमा विद्युती करणगर्ने काम थालेको बताए । उनले नेपालमा धेरै विद्युत उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घर मा बिजुली पु¥याउन सरकारले नेपाल विद्युत प्राधिकरण सगँ सम्झौता गरेर काम थालि सेकेको बताए । उनले गण्डकी प्रदेशका सबै घरमा एक घर एक धारा कार्याक्रमलाई पनि अगाडी बढाएको बताए । उनले पोखरा २३ मा आवश्यक पुल र सडकको बताउने कामलाई प्रदेश सरकारले सघाउने बताए ।
मुख्यमन्त्री गुरुङले होमस्टेले ग्रामिण क्षेत्रको विकास गर्ने बताए । उनले प्रदेश सरकारले होमस्टेमा कति पर्यटक आए, आर्थिक अवस्था कस्तो छ, विकास गर्ने केके आवश्यक छ भन्ने बारेमा अध्ययन छिटै थाल्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नु पर्ने बताए । उनले जलाधार क्षेत्रकामा महानगरपालिकाले फेवाताल संरक्षणका लागि चेकड्याम निमार्णका काम थालेको बताए । पहारीले पोखराको पर्यटन फेवातालसँग जोडिएकोले फेवातालको संरक्षण र सम्बद्र्धनमा सबै सरोकार निकायले चासो दिनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भएपनि त्यस क्षेत्रमा पीच सडक नहुदाँ पुल नहुदाँ जनतालाई अप्ठेरो परेको बताए । ‘बाटो सहज छैन् । वर्षामा खोलो बढ्छ आवात जावत ठप्पै हुन्छ ।’ पराजुलीले भने –‘पुलै नहुदाँ किसानको उत्पादित दुध बर्षा याममा बजार लैजान पाउदैनन्, तरकारी बारीमा कुहिन्छ ।’ गाँउको यस्तो समस्या समाधान गर्न उनले गण्डकीप्रदेश मुख्यमन्त्रीलाई आग्रह गरे ।
महोत्सव उद्घाटन कार्यक्रममा चापाकोट गाविसका पुर्व अध्यक्ष भेषराज पराजुली, शिवलाल पराजुली, भिटोफका पुर्व अध्यक्ष तारानाथ पहारी, लोकदोहोरी गायक प्रजापति पराजुली लगाएतले महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुगेमा जोड्दिएका थिए ।
ग्रामीण क्षेत्रमा पाईने वाद्यवादनको प्रयोग गर्दै मौलिक सँस्कृति झल्काउँदै महोत्सवमा सर्वसाधारणको उपस्थिति थियो । गतवर्षदेखि शुरु भएको होमस्टेको प्रचारप्रसारलाई ध्यानमा राखेर महोत्सवको आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले बताए । उनले पर्यटन प्रवद्र्धन गर्न सकिए गाँउ आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । पोखराबाट १३ किलोमिटर दुरीमा चापाकोट पुग्न सकिन्छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09